July 11th, 2016

शेयर बजारमा २० अंकको गिरावट, कारोबार ९१ करोडमै सीमित

stock downसाताको दोस्रो दिनको शेयर बजारमा ठूलो गिरावट देखिएको छ । २०.२६ अंकले घटेर १७०२.२७ अंकमा कायम भएको बजारमा ९१ करोडको मात्रै मात्रै कारोबार भएको छ । केही सातादेखि नै दैनिक १ अर्बमाथिको कारोबार भइरहेको नेपाल स्टक एक्सचेन्जमा सोमबार १ सय ४५ वटा कम्पनिहरुको १८ लाख १४ हजार ७ सय २० कित्ता शेयर ४ हजार ४ सय ४० पटक खरिदविक्रि हुँदा कुल ९१ करोड ४२ लाख ४८ हजार ३ सय ६२ रुपैयाँको कारोबार भएको हो ।

सोमबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुको अग्रस्थानमा रहेको लुम्बिनी जेनेरल इन्स्योरेन्सको ४ करोड ६४ लाख ७४ हजार ४ सय ७४ रुपैयाँको शेयर कारोबार भएको छ भने सुर्या लाइफ इन्स्योरेन्सको ३ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, ग्रामीण विकास बैंक, एरेष्ट बैंक, शिखर इन्स्योरेन्स, एनआईसी एसिया, कृषि विकास बैंक, नेपाल बैंक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

ग्लोबल आईएमई सम्मुनत स्किम १, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र बोटलर्स नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सिद्धार्थ बैंक, जनता बैंक र माछापूछे्र्र बैंकका लगानीकर्ताले क्रमशः ९.९२, ९.८७ र ९.८७ प्रतिशतका दरले कमाएका छन् । यी तीनै कमपनीको शेयर कारोबार सोमबारदेखि खुलेको हो । त्यस्तै, मिथिला लघुवित्त, कसमस डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लगायतले पनि कमाएका छन् । 

समूहगत आधारमा हेर्दा उत्पादनमूलकबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह २१७.५२ अंकले घटेको छ भने  वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः ७.४२, ४९.४१, २५.७७, ३२.४३, ६.३८ र ३८.७६ अंकले घटेका छन् । बीमा भने २८.६१ अंकले बढेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]