July 11th, 2016

पुँजी बजारबारे जनचेतना जगाउने अभियानमा धितोपत्र बोर्ड

dhitopatraनेपाल धितोपत्र बोर्डले पुँजी बजारबारे जनचेतना अभिबृद्घि एवं लगानीकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । असार २५ र २६ गते काभ्रेपलाञ्चोकको पनौतीमा सम्पन्न उक्त कार्यक्रम पनौतीस्थित ज्ञान विकास सामुदायिक पुस्तकालय, पनौती नेपाल नामक गैर सरकारी संस्था र इन्द्रेश्वर वचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सम्पन्न गरिएको हो । 

२६५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा बोर्डका निर्देशक डा.नवराज अधिकारीले धितोपत्र बजारको आधारभूत पक्षहरुको विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । साथै नेपाल स्टक एक्सचेन्ज लि.बाट गिरीराज दाहाल र सी.डि.एस. एण्ड क्लियरिङ्ग लि.बाटसुरेश कार्कीले धितोपत्र कारोबार प्रणाली, राफसाफ तथा फछ्र्यौट र नामसारी सम्बन्धमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले सहभागीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा धितोपत्रको प्राथमिक बजारलाई व्यवस्थित गर्न विभिन्न प्रयासहरु भईरहेकोे, दोस्रो बजारलाई व्यवस्थितगर्ने सन्दर्भमा अनलाईन कारोबार सम्बन्धी व्यवस्थाको अध्ययन भइरहेको लगायतका विषयहरुमा जानकारी दिएका थिए ।

धितोपत्र बजारमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरुलाइ ज्ञान प्रदान गरी सुसुचित गर्ने उद्देश्यले विगतका वर्षहरुदेखि नै बोर्डले आफ्नो बार्षिक कार्यक्रममा समावेश गरी देशका बिभिन्न स्थानहरुमा धितोपत्र बजार सम्बन्धमा जनचेतना अभिबृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]