July 7th, 2016

विश्कप टिकटको मूल्य १ हजार डलरभन्दा बढी

fifaआगामी सन् २०१८ मा मस्कोमा आयोजना हुने फिफा विश्व कपको केही टिकटको मूल्य १ हजार डलरभन्दा बढी पर्ने भएको छ । टिकट मूल्य ११ सय डलर पुगेको यो पहिलो पटक भएको फिफाले जनाएको छ । सन् २०१८ को फाइनलको सर्वा्धिक महँगो टिकटको मूल्य १ हजार १ सय डलर पर्नेछ । यो रियो द जेनेरियोको फाइनलको ९ सय ९० डलरको दाँजोमा महँगो हो । अन्य टिकटको मूल्य ४ सय ५५ र ७ सय १० डलर पर्नेछ ।

यद्यपि रूसी नागरिकले भने यसमा भारी छुट पाउनेछन् । टिकको बिक्री आगामी ग्रीष्मकालीन समय अगाडि सुरु हुनेछैन । पहिलो चरणको खेलका लागि उपलव्ध गराइने पासको मूल्य १ सय ५ डलर पर्नेछ । यो अघिल्लो खेलको तुलनामा लगभग १६ प्रतिशतभन्दा बढी हो । यसमा उद्घाटन खेललाई समावेश गरिएको छैन । “खेललाई सम्भव भएसम्म धेरैको पहुँचमा पु¥याउन हामीले टिकटको मूल्यलाई सुहाउँदो बनाएका छौं,” फिफाका महासचिव फाटमा सामोउराले भने । यसका लागि पूर्ण बजार अनुसन्धान सञ्चालन गरेको र सोहीअनुरूप मूल्य निर्धारण गरेको उनले उल्लेख गरे । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]