July 5th, 2016

९५ प्रतिशत भारतीय किसान साहुको ऋणको भरमा, बैंकले किन दिँदैन ऋण ?

loan 1भारतका ९५ प्रतिशत साना र सीमान्तकृत किसान ऋणका लागि साहूमा निर्भर रहँदै आएको एक अध्ययनले देखाएको छ । विकसित मानिएका तामिलनाडु लगायतका राज्यमा पनि यो अवस्था रहेको इन्स्टिच्युट फर फाइनान्सियल म्यानेजमेन्ट एन्ड रिसर्चको अध्ययनले देखाएको छ । 

बैंकले समयमा दिँदैन ऋण
भारतका ९५.१ प्रतिशत किसान सीमान्तकृत, साना र अर्ध मध्यम अवस्थाका छन् । यी किसानसँग २ वा ४ हेक्टर भूमि मात्रै रहेको र उनीहरूले कृषियोग्य जमिनको ६८.२ प्रतिशत ओगट्दै आएका छन् । यसको तुलनामा मध्यम र ठूला किसानले कृषियोग्य जमिनको ३१.८ प्रतिशत हिस्सा ओगट्दै आएको २०११–१२ कृषि गणनाले देखाएको छ । अत्यधिक आवश्यकताको समयमा बैंकबाट कर्जा नपाउने भएकाले धेरैजसो साना तथा मध्यम वर्गका किसानले सिँचाइका लागि साहूबाट ऋण लिँदै आएको अध्ययनले देखाएको छ ।

समस्या धितोकै
loanतामिलनाडुका लाखौं साना तथा सीमान्तकृत किसानको अवस्था उस्तै छ । “२०१४ को अक्टुबरमा तामिलनाडुका एक किसानले वर्षा ढिला र अपर्याप्त भएकाले सिँचाइका लागि पम्प सेट भाडामा लिएका थिए । उनले पम्पको भाडा तिर्नका लागि स्थानीय साहूबाट कर्जा लिएका थिए,” अध्ययन प्रतिवेदनमा भनिएको छ, “छोटो अवधिमै खेतको सिँचाइ गर्नुपर्ने भएकाले उनले बैंकमा जाने प्रयास गरेनन् ।” “साना र सीमान्तकृत किसानका लागि धितोको सुरक्षा सबैभन्दा ठूलो समस्या भएको छ । १ हजार भारु ऋण लिनका लागि पनि बैंकमा धितो राख्नुपर्ने बाध्यता साना किसानको रहँदै आएको छ । त्यसैले उनीहरू बैंकको सट्टा स्थानीय साहूबाटै ऋण लिँदै आएका छन्,” योजना आयोगका पूर्वसदस्य अभिजित सेनले भने । यो अवस्था आन्ध्रप्रदेशमा धेरै रहेको उनको भनाइ छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]