June 29th, 2016

शेयर निष्काशनको तयारीमा रहेका ६ ‘जलविद्युत कम्पनीहरु’

hydroदिव्यश्वरी हाइड्रोले गत सोमबारदेखि १०० रुपैयाँ अंकित दरका ३ लाख ६८ हजार २ सय ८० कित्ता साधारण सेयर निष्कासन (आईपिओ) निष्काशन गरेको छ । सर्वसाधारण समूहको लागि छुट्याएको ३ लाख ९६ हजार कित्ता सेयर मध्ये ७ हजार ९ सय २० कित्ता सेयर कर्मकारीका लागि र १९ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने भएका छन् । आईपीओका लागि आवेदन दिने मिति विहिबारसम्म रहेको छ । 

त्यस्तै,  रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर गत असार ८ गतेदेखि खुलेको छ । कम्पनीको १० बराबर ३.५ को अनुपातमा कम्पनीको हकप्रद सेयर बिक्री खुला भएको हो । हालको चुक्ता पुँजी ३३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ११ करोड ५५ लाख रुपैयाँको हकप्रद सेयर विक्रि गर्न लागिएको हो । आगामी साउन ४ गतेसम्म लगानीकर्ताहरुले आफूसँग भएको सेयरको ३५ प्रतिशत सेयरका लागि आवेदन दिन सक्ने छन् । 

यसबाहेक थुप्रै जलविद्युत् कम्पनिहरु हकप्रद र साधारण शेयर निष्काशनको तयारीमा जुटिरहेका छन् । 

हेरौँ, कुनकुन कम्पनिको आउँदैछ कस्तो शेयर ?
सिइडिबी हाइड्रोपावर कम्पनीले १७ करोड ६१ लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्दैछ । यसका लागि कम्पनीले एनसिएम मर्चेण्ट एण्ड बैंकिंग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ । कम्पनीका अनुसार अहिले साधारण शेयर निष्काशनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रकृया चलिरहेको छ भने त्यो पुरा भए पछि धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको प्रकृया अघि बढाइनेछ । यस आधारमा कम्पनीको साधारण शेयर निष्काशनका लागि कम्तीमा ४ महिनाको समय लाग्ने देखिन्छ ।

युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले २८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्दैछ । कम्पनिको शेयरलाई क्रेडिट रेटिङ गर्ने सस्था इक्रा नेपालले थ्रि ग्रेड दिएको छ ।

सानिमा माइ हाइड्रोपावर कम्पनिले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । हाल १ अर्ब ५ करोड रुपैंया चुक्ता पूँजी रहेको सानिमा माई हाइड्रोले हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २ अर्ब १० करोड रुपैंया पुग्नेछ । 

अपि पावर कम्पनी लिमिटेडले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ । सो हकप्रद शेयरका लागि इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको १ अर्ब चुक्ता पूँजी छ । आगामी परियोजनाका लागि २ अर्ब रुपैयाँ पूँजी र्पुयाउने उद्देश्यले हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । 

बरुण हाइड्रोपावर कम्पनीको पाचौँ सञ्चालक समितिको बैठकले १ बराबर १ का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनिको आगामी साधारणसभाले पारित गरेमा सो हकप्रद निष्काशन हुनेछ ।

निर्माणाधिन दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटाउनका लागि बुटवल पावर कम्पनीले ३० लाख कित्ता सेयर एफपिओ गर्दैछ । आगामी असार २७ गते बस्ने विशेष साधारणसभाले एफपीओको मूल्य तय गर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]