June 29th, 2016

नेप्सेमा नयाँ सफ्टवेर भित्र्याउन बल्ल खुल्यो बाटो

nepseनेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अब नेपाल धितोपत्र बोर्डले भनेअनुसारको प्रणाली भित्र्याउन पाउने भएको छ । नयाँ कारोबार प्रणाली भित्र्याउने बारेमा काठमाडौ जिल्ला अदालतमा परेको मुद्धा खारेज भएपछि नेप्सेलाई बोर्डले भनेअनुसारको प्रणाली भित्र्याउन बाटो खुलेको हो । नेप्सेको नयाँ सफ्टवेयर आपुर्ति गर्न छनौट भएको कम्पनी वाइसिओले जिल्ला अदालतमा नेप्से र नेपाल धितोपत्र बोर्ड बिरुद्ध मुद्धा दायर गरी आफुले सफ्टवेयर बिक्री गर्न पाउनुपर्ने दाबी गरेको थियो । तर, जिल्ला अदालतको ईजलासले नियमनकारी निकायले दिएको आदेशलाई उचित ठहर गरी मुद्धा खारेज हुने फैसला दिएपछि अब नेप्सेले बोर्डले भनेअनुसारकै सफ्ट्वेर प्रयोग गर्ने भएको छ ।  

नेपाल धितोपत्र बोर्डले नेप्सेलाई झण्डै चार महिना अघि नयाँ कारोबार प्रणाली जडान गर्न कडा निर्देशन दिएको थियो । नेप्सेले हाल प्रयोग गरिरहेको सफ्टवेयर २०६४ सालमा एशियाली बिकास बैंकको ३ करोड रुपैयाँ सहयोगमा ३ वर्षका लागि जडान गरिएको थियो । तर, ८ वर्षसम्म पनि सोको विस्थापन नगरिएपछि 
बोर्डले अन्र्तराष्ट्रिय बजारमा परीक्षण भएको, बिदेशबाट समेत अनलाईन शेयर कारोबार गर्न मिल्ने कारोबार प्रणाली भित्र्याएर हालको प्रणालीलाई विस्थापन गर्न निर्देशन दिएको थियो । वाईसियोले हालकै जस्तो प्रणाली विक्रि गर्न लागेपछि धितोपत्र बोर्डको निर्देशनले बाधा पुर्याएपछि वाईसियो अदालत गएको थियो । अदालतको यो फैसलापछि भने अब नेप्सेलाई नयाँ सफ्टवेर जडान गर्न बाटो खुलेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]