June 29th, 2016

आफूले प्रवाह गर्ने कर्जाको सुरक्षण किन गर्दैनन् वित्तीय संस्थाहरु ?

loanकर्जा सुरक्षण गर्नेको बैंक तथा वित्तीय संस्थाको संख्या एकदमै न्यून पाइएको छ । हालसम्म दुई वाणिज्य बैंक र नौ विकास बैंकले मात्रै कर्जाको सुरक्षण गरेका छन् भने कुनै पनि फाइनान्स कम्पनीले कर्जाको सुरक्षण गरेका छैनन् । वाणिज्य बैंकअन्तर्गत बैंक अफ काठमाडौं र प्रभु बैंकले मात्रै कर्जा सुरक्षण गराएका छन् । ०६८ सालमा नेपाल राष्ट्र बैंकले निक्षेप सुरक्षणलाई अनिवार्य गरेपछि सबै संस्थाहरूले निक्षेप सुरक्षण गरेका छन् । यद्यपि, कर्जाको सुरक्षणमा भने खासै चासो देखाएका छैनन् ।

चालू आर्थिक वर्ष ०७२/७३ मा १ करोड ३६ लाख जनताको ३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप सुरक्षण गरिएको छ । त्यस्तै, १० हजार कृषकको ११ हजार ९ सय ६० पशुबराबर ६० करोड रुपैयाँ पशुधन सुरक्षण गरिएको छ भने साना तथा मझौला र विपन्न कर्जाअन्तर्गत ६६ हजार ऋणीको २ अर्ब रुपैयाँ कर्जा निगमले सुरक्षण गरेको छ ।

वित्तीय संस्थाहरू आफैंले कर्जाको सुरक्षणमा कडाइ गर्न थालेकाले निगमप्रति आकर्षित हुन नसकेको निगमको ठहर छ । बैंक तथा वित्तीय संस्थाले पशु, कृषि, लघु तथा विपन्न वर्गमा गरेको कर्जा तथा निक्षेपलाई सुरक्षित राख्न निगमको स्थापना भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]