June 28th, 2016

अनुसन्धान विभागले खुलायो रहस्य, सुनचाँदी व्यवसायीले यसरी छल्छन् राजस्व

gold 1सुनचाँदी र कपडा व्यवसायीले सबैभन्दा बढी कर छल्ने गरेको खुलासा भएको छ । राजस्व अनुसन्धान विभागले सामान बरामद गरी कारबाही अघि बढाएको तथ्यांकमा कर छल्ने पहिदलो नम्बरमा कपडा व्यवसायी र दोस्रो नम्बरमा सुनचाँदी व्यवसायी परेका हुन् । विभागले चालु आर्थिक वर्षको जेठसम्ममा विभिन्न अभियोगमा ३० व्यवसायीलाई कारबाही अघि बढाएको छ । जसमध्ये, सुनचाँदी र कपडासम्बन्धी मात्र २१ वटा रहेको विभागले जनाएको छ ।

सुन व्यवसायीले ढिक्का सुन, कच्चा चाँदीका साथै विभिन्न पत्थरजडित गहनामा समेत राजस्व छल्ने गरेको पाइएको छ । विभागले जेठसम्ममा राजस्व छली गरेको आशंकामा ३५ किलो एक सय ग्राम सुन र २३ किलो तीन सय ७५ ग्राम चाँदी बरामद गरेको थियो । फरक–फरक स्थानबाट १० व्यवसायीले आयात गरेको सुनचाँदी र त्यसबाट बनेका गहना जाँच गर्दा राजस्व छलेको पाइएको छ । 

भन्सार जाँचपास भएर आएका वा भन्सार छलेर भित्र्याइएका वस्तुको विभागले सूचनाको आधारमा अनुसन्धान गर्ने गरेको छ । पछिल्लो समयमा सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर छलीका घटना धेरै आउने गरेके विभागले जनाएको छ । विभागले भन्सार, अन्तस्शुल्क र भ्याट छलीका घटनामा आफैं अनुसन्धान अघि बढाउँछ भने आयकर छलीका घटनालाई आन्तरिक राजस्व विभागलाई अनुसन्धानका लागि पठाउने गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]