June 28th, 2016

वित्तीय निकायहरुको विश्वास यसरी गुमाउँदैछ ब्रिटेन

downgradeयुरोपेली संघबाट बाहिरिने निर्णय गरेपछि ब्रिटेनले आफ्ना वित्तीय प्रतिवद्धताहरु पूरा गर्ने विश्वसनीय आधार गुमाउँदै गएको छ । इयुबाट बाहिरिने निर्णयले ब्रिटेनको आर्थिक सम्भावना निराशाजनक रहने अनुमान गर्दै विभिन्न वित्तीय निकायहरुले ब्रिटेनको ’क्रेडिट रेटिंग’ घटाएको बीबीसीले जनाएको छ । स्टयाण्डर्ड एण्ड पोर्स अर्थात एस एण्ड पी नामक वित्तीय निकायले दिदैं आएको ’एएए’ स्तरको ’क्रेडिट रेटिंग’ ब्रिटेनले गुमाएको छ । यसैगरी प्रतिद्वन्द्वी निकाय फिचले ब्रिटेनको एए प्लसको ’क्रेडिट रेटिंग’लाई ’एए’मा घटुवा गरेको छ । यसअघि मुडिज भन्ने वित्तीय निकायले पनि ब्रिटेनको आर्थिक सम्भावनालाई स्थायीबाट घटुवा गरेर ऋणात्मकमा पुर्याएको थियो ।

यसरी रेटिङ घट्नु ब्रिटेनमाथि वित्तीय निकायहरुको विश्वास गुमेको संकेत हो । यसले ब्रिटेनलाई अन्तर्राष्ट्रिय बजारबाट ऋण लिन अप्ठ्यारो पर्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारबाट पाइने ऋणको व्याजदर वित्तीय निकायहरुबाट पाएको रेटिङका आधारमा घटबढ हुने गर्दछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]