June 27th, 2016

को आउला आरबीआईमा नयाँ गभर्नर बनेर ? सर्टलिष्टमा यी ४ जना

rbiभारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)का गभर्नर रघुराम राजनको कार्याकाल सकिने मिती नसिजकिँदै गर्दा 'नयाँ गर्भनर को हुने ?' भन्ने विषय यति बेला चर्चाको शिखरमा पुगेको छ । यसअघि उनीलाई नै अर्को कार्यकाल दिने भनिएपछि राजन आफैँले सो प्रस्ताव अस्विकार गरेपछि भारतीय सरकारले  आगामी गभर्नरका लागि चार जनाको नाम सर्टलिष्ट गरेको छ । सुचीमा बर्तमान डेपुटी गभर्नर, पूर्व डेपुटी गभर्नर, अर्थशास्त्री र भारतकै सबैभन्दा ठूलो बाणिज्य बैंककी प्रमुखसम्म रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बर्तमान गभर्नर रघुराम राजनको तीन बर्षे कार्यकाल सेप्टेम्बरमा पुरा हुँदैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]