June 27th, 2016

अपर पिलुवा जलविद्युत्मा एनबी र नेपाल बैंकको लगानी

hydroअपर पिलुवा खोला दोस्रो जलविद्युत् आयोजनामा नेपाल बंगलादेश (एनबी) बैंक र नेपाल बैंकले लगानी गर्ने भएका छन् । एनबीको अगुवाइमा हुने लगानी सम्झौतामा एनबीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र मेन्छियम हाइड्रोपावरका अध्यक्ष दीपक खड्काले हस्ताक्षर गरेका हुन् । 

४.७२ मेगावाटको सो आयोजनाको कुल लागत ८५ करोड रुपैयाँ रहेको छ, जसमा बैंक तथा प्रवद्र्धकको ७० प्रतिशत र ३० ऋण तथा स्वपुँजी संरचना रहनेछ । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २ करोड ६४ लाख युनिट विद्युत् उत्पादन गरी ३३ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको बानेश्वर सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति गरिने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]