June 15th, 2016

प्यासिफिक डेभलपमेन्ट बैंक किन्दै ग्लोबल आईएमई बैंक

gime

ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक किन्ने भएको छ । यी दुई बैंकबिच बुधबार समझदारी भएको हो । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेष बहादुर पौडेलले हस्ताक्षर गरे । एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाहि ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । 

लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दे आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूजिँ ११ करोड रहेको छ । प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी रु. ६ अर्व २७ करोड, कुल निक्षेप रु.७१ अर्व, कर्जा लगानी रु. ६१ अर्व र ९४ वटा शाखा कार्यालय पुग्नेछन् । 

ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]