June 15th, 2016

३ वित्तीय संस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्दै

mahalaxmiमहालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एकआपसमा गाभिने भएको छन् । कम्पनिको मंगलबार सम्पन्न विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । ३ वटै संस्था गाभिएर बन्ने संस्थाको नाम महालक्ष्मी विकास बैंक रहेको निर्णय सभाले गरेको छ । असार महीना भित्रमा मर्जर प्रक्रिया सम्पन्न गरी एकिकृत कारोवार शुरु गर्ने लक्ष्य रहेको फाइनान्सले बताएको छ । 

मर्जरपछि बन्ने राष्ट्रिय स्तरको विकास बैङ्कमा मालिकाको १८, सिद्धार्थको ९ तथा महालक्ष्मीको १३ गरी अधिराज्यभर ४० ओटा शाखाहरु हुने फाइनान्सले जारी गरेको विज्ञप्तिमा बताइएको छ । मर्जरपछि बैङ्कको चुक्ता पूँजी रू. १ अर्व १५ करोड हुनेछ । त्यस्तै २०७२ साल पुस मसान्तको तथ्याङ्कको आधारमा तिन ओटै संस्थाको गरी कुल निक्षेप रू. १० अर्ब ७१ करोड तथा कर्जा रू. ८ अर्ब ६७ करोड हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]