June 14th, 2016

३० लाख कित्ता शेयर एफपीओ गर्दै बुटवल पावर कम्पनि

hydroबुटवल पावर कम्पनीले ३० लाख कित्ता सेयर एफपिओबाट विक्रि गर्ने भएको छ । निर्माणाधिन दुई जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटाउनका लागि अघि सारिएको प्रस्तावलाई कम्पनीको सोमबार बसेको बोर्ड बैठकले अघि बढाएको हो । एफपीओको मूल्य भने तय भइनसकेको र आगामी असार २७ गते बस्ने विशेष साधारणसभाले सोको निर्णय गर्ने कम्पनिले जनाएको छ । 

यसअघि कम्पनीले पुँजी जुटाउन हकप्रद सेयरको प्रस्ताव गर्दै आएको थियो । बुटवल पावरमा नेपाल सरकारको स्वामित्वमा १३ प्रतिशत, ज्योती समूह तथा पञ्चकन्या समूहको संलग्नता रहेको साँग्रिजा इनर्जी कम्पनीको नाममा ७५ प्रतिशत र सर्वसाधरणको १२ प्रतिशत सेयर रहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]