June 9th, 2016

नेपाली एटीएम अब विश्वका डेढ सय मुलुकमा प्रयोग गर्न सकिने

atmनेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा स्थापित एटीएम (अटोमेटेड टेलर मेशिन) नेटवर्कका रूपमा रहेको एसटीसी नेटवर्क अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने भएको छ । नेपालको घरेलु ब्राण्डका रूपमा रहेको स्मार्ट च्वाइस टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सो नेटवर्क चाइना युनियन पे र डिस्कभर फाइनान्सियल सर्भिसेजसँगको सहकार्यमा विश्वबजारमा प्रवेश गर्न लागेको हो । 

हाल विश्वकै सबैभन्दा बढी एटीएम कार्ड प्रचलनमा ल्याउने कम्पनीका रूपमा रहेको चाइना युनियन पेको एटीएम कार्ड विश्वका १ सय ५० भन्दा बढी देशमा प्रयोग गर्न सकिन्छ । त्यस्तै डिस्कभर नेटवर्कको एटीएम कार्ड १ सयभन्दा बढी देशमा प्रयोग गर्न सकिन्छ । यस्तो अवस्थामा विदेश जाँदा नेपालको मौद्रिक नीतिअनुसार ‘भ्रमण कोटा’अनुसारको रकम झिक्न सकिनेछ ।

हाल एससीटीको एटीएम कार्ड नेपाल, भारत र भुटानमा मात्रै सीमित रहेको छ । नेपाल राष्ट्र बैंकको हालको व्यवस्थाअनुसार नेपालको बैंकमा रहेका खाताबाट १ वर्षमा विदेशस्थित सम्बन्धित मुलुकको एटीएमबाट १० हजार डलर झिक्न पाउनेछन् । त्यसबाहेक विदेशी डलर स्रोतमा बैंक खाता रहेका व्यक्तिले भने सामान्य किसिमले भुक्तानी सेवा लिनसक्ने छन् । त्यस्तै साझेदार नेटवर्कका एटीएम कार्डवाहकले एसटीसी नेटवर्कमार्फत भुक्तानी लिन सक्छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]