June 9th, 2016

चिनले विश्व बैंकसँग किन लिँदैछ ५० करोड डलर ऋण ?

chinaचीनमा बढिरहेको प्रदूषण घटाउन विश्व बैंकले ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले उत्तर चीनको हपेई प्रान्तको वायु प्रदूषण कम गर्न ५० करोड डलर ऋण सहयोग उपलब्ध गराउने कुराको अनुमोदन गरेको बैंकद्वारा जारी एक विज्ञप्तिमा बताइएको छ । यस सहयोगले सो प्रान्तको प्रदूषण स्तर पीएम २.५ पार्टिकल्सलाई सन् २०१२ को तुलनामा सन् २०१७ सम्म २५ प्रतिशतले कटौती गर्ने लक्ष्य पूरा गर्न सहयोग पुग्ने बैंकका वातावरणविज्ञ तथा यस परियोजनाका प्रमुख गारो जे ब्याटम्यानियनले जानकारी दिएका छन् ।

हपेईमा बढिरहेको प्रदूषणलाई दृष्टिगत गर्दै उत्तरी प्रान्तले फलाम तथा स्टील, सिमेण्ट, ऊर्जा, यातायात तथा कृषिजस्ता प्रमुख प्रदूषण हुने क्षेत्रमा उत्सर्जन कटौतीका कार्यक्रमहरू सार्वजनिक गरेको छ । बैंकले दिने ५० करोड डलर ऋण चीनमा हुने ९६ करोड ८० लाख डलर ऋणको एक भाग भएको बताइएको छ । सो ऋण पुनःस्थापना तथा विकासका लागि अन्तरराष्ट्रिय बैंक (आईबीआरडी)को माध्यमबाट प्रदान गरिने विज्ञप्तिमा भनिएको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]