June 8th, 2016

फिलिपिन्सको मुद्रास्फीति बढ्नुका २ कारण

phillipसन् २०१६ को मे महिनामा फिलिपिन्सको मुद्रास्फीतिमा उच्च वृद्घि देखिएको छ । राष्ट्रिय आर्थिक तथा विकास आयोग (एनईडीए) का अनुसार गत महिना त्यहाँको मुद्रास्फीति बढेर १.६ प्रतिशतमा पुगेको छ । मेको मुद्रास्फीति बजारले गरेको १.४ प्रतिशत अनुमानको तुलनामा बढी हो । सो अवधिमा खाद्य तथा गैरखाद्य दुवै वस्तुको भाउ बढेका कारण मुद्रास्फीतिले टेवा पाएको एनईडीएले बताएको छ ।

अप्रिलमा भने मुद्रास्फीति १.१ प्रतिशतमा रहेको तथ्याङ्क छ । निर्वाचनमा भएको खर्चका कारण माग बढ्नु र एल निनो नामक आँधीका कारण कृषिजन्य वस्तुको आपूर्ति सीमित बन्दा पनि मुद्रास्फीति उकालो लागेको हुन सक्ने विश्लेषण गरिएको छ । मेमा फिलिपिन्सको कोर मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा थोरैले बढेर १.६ प्रतिशतमा पुगेको थियो ।

गत वर्षको मेमा भने कोर मुद्रास्फीति साढे १ प्रतिशत थियो । यसमा खाद्यान्न तथा ऊर्जाको अस्थिर मूल्य समावेश छैन । मुद्रास्फीतिमा देखिएको स्थायित्वले लगानीका लागि सकारात्मक वातावरण निर्माण गर्नुका साथै गरीबका लागि आधारभूत कमोडिटिजहरू सस्तो मूल्यमा हासिल गर्न सक्ने पहुँचसमेत बढाइदिने बताइएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओर्लिएको र घरेलु अर्थतन्त्रको उत्पादन क्षमता पनि विस्तार भएका कारण यो वर्षको पहिलो ५ महिनाको व्यवस्थित मुद्रास्फीति आगामी दिनमा समेत कायम रहने अनुमान गरिएको छ । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]