June 7th, 2016

जीबन बिमा कम्पनिमा बिमालेख धितो राखेर किन कर्जा लिँदैनन् बिमित ? 

life isurance blank bar chart and glasesजीवन बिमा कम्पनीमा बिमालेख धितोबापत प्राप्त हुने कर्जाको माग अत्यन्तै न्यून हुने गरेको पाइएको छ । बिमकहरुका अनुसार, बिमा कम्पनीमा ५ देखि १० प्रतिशत बिमितले मात्रै बिमालेख धितोबापतको कर्जा प्रयोग गर्ने गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका अनुसार, आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ अर्ब ९० करोड रुपैयाँ बिमालेख धितोमा कर्जा प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ४४ प्रतिशत बढी कर्जा प्रवाह भएको हो । गत आवको चैतसम्ममा यस्तो कर्जा ५ अर्ब ४५ लाख कर्जा वितरण भएको थियो । 

कम्पनीहरूको वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस्तो कर्जा सबैभन्दा धेरै वितरण गरेको छ । चालू आवको चैतसम्ममा कम्पनीले ३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो । तर, राष्ट्रिय बिमा संस्थान र अमेरिकन लाइफ इन्स्योरेन्सले भने यस्तो कर्जा प्रवाह नै गरेका छैनन् । यस्तो कर्जाबाट चैतसम्ममा कम्पनीहरूले ५० करोड ७० लाख रुपैयाँ आम्दानी गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ३७.५६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा यस्तो कर्जाबाट कम्पनीहरूले ३६ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेका थिए । कम्पनीहरूले न्यून ब्याजदर र सहज प्रक्रियाबाट कर्जा प्रवाह गरे पनि बिमितहरूमा यससम्बन्धी जानकारी कम हुँदा माग नभएको हुने सक्ने सरोकारवालाहरुको भनाइ छ । 

के हो बिमालेख धितो कर्जा ?
बिमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुइटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ । कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बिमा समितिको प्रावधानअनुसार बिमाशुल्कको समर्पण मूल्यांकनपछि कम्पनीहरूले अधिकत्तम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । यस्तो कर्जामा कम्पनीहरूले १० देखि ११ प्रतिशत ब्याज लिने गर्छन् । बिमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ । भुक्तानीको नभएको अवस्थामा बिमाशुल्कबाट नै कम्पनीले कर्जा असुल गर्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]