June 7th, 2016

२० हजार ऋणले उद्यमी बनेकी महिलाको सफल कथा

ज्ञानु नेपाली (लमजुङ धमिलीकुवा ४)-
gyanui nepaliमलाई लघुवित्त संस्था थाहा नहुँदासम्म परिवारको आर्थिक खर्च धान्न मुस्किल परेको थियो । लघुवित्त संस्था झोले बैंक बनेर गाउँ गाउँमा स्थापना हुन थालेपछि बल्ल मैले लघुवित्तलाई बुझने मौका पाएँ । लघुवित्तलाई बुझ्दै जाँदा लघुवित्त कारोबार गर्ने इच्छा जाग्यो । मैले विस्तारै लघुवित्तसँग कारोबार पनि गर्न थालेँ । अहिले म जुन अवस्थामा आइपुगेको छु, त्यो सबै लघुवित्त बैँककै कारणले गर्दा छु । 

लघुवित्त बैँकको सहयोग
म यस्तो अवस्थासम्म ल्याउनको लागि लघुवित्त कम्पनीका सरहरुले हामीलाई ठूलो सहयोग गर्नुभएको छ । पैसाकै अभावमा दुःखी जीवन बाँचिरहेका मान्छेलाई ऋण दिएर सम्पन्न पार्नुभएको छ । उहाँहरुलाई मेरो हृदयदेखि नै धन्यवाद् । उहाँहरुको सल्लाहले आज म यो स्थानमा छु । मलाई याद छ, उहाँहरुले भन्नुभएको थियो, “केहि पैसा जम्मा गर्नुस्, पछि यहि पैसा तपाईहरुको दुःखको सहारा बन्न सक्छ ।” उहाँको कुराले मेरो मन छोयो र त्यसैअनुरुप गर्दै गएँ । 

पहिलोपटक लिएको ऋण
सुरुमा मैले लघुवित्त बैँकबाट २० हजार ऋण लिएँ । पहिलोपटक लिएको ऋणबाट मैले १ सय वटा कुखुरा किनेँ र कुखुरापालन सुरु गरेँ । सरहरुले भनेजस्तै साँच्चै आज मैले पैसाको अभाव भोग्नुपरेको छैन । यो क्षेत्रमा म निपुण भइसकेकी छु । सिर्जना लघुवित्त कम्पनीबाट लिएको २० हजार ऋणले आज मलाई लाखौँ आम्दानी गर्न सक्ने बनाएको छ । अहिले मेरो ५ हजार कुखुरा पाल्न सक्ने हैसियत बनेको छ । 

परिवारको साथ र सहयोग
मैले गरेको काममा श्रीमान् र छोराछोरीहरुको सहयोग पनि राम्रो छ । यदि परिवारले सर्पोट गर्ने हो भने महिलाहरुले पनि परिवारलाई आत्मनिर्भर बनाउन सक्ने रहेछन् भन्ने कुराको अनुभव मनाई लघुवित्तले गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]