June 6th, 2016

प्रतिष्पर्धामा सामाजिक सञ्जाल : कुन बढी लोकप्रिय ?

Top 10 Networking Sites: Most Popular Sites For Businessएकपछि अर्को गर्दै प्रविधिको दुनियाँमा सामाजिक सञ्जालहरु थपिने क्रम बढ्दो छ । सुरुमा फेसबुक आउँदा यसप्रति अत्याधिक क्रेज थियो । अहिले पनि फेसबुकको लोकप्रियता उस्तो घटेको छैन । यद्यपि, ट्विटर, भाइत्रर, ह्वाट्सएप, इन्टाग्राम लगायतको लोकप्रियता पनि बढ्दै जाँदा फेसबुक युजरमा केही प्रभाव भने पक्कै परेको छ ।

यसैबिच, पछिल्लो समय ह्वाट्सएप लोकप्रिय बन्दै गएको एक अध्ययनले देखाएको छ । डिजिटल मार्केट इन्टिलिजेन्स कम्पनी सिमिरलेभले विश्वका १ सय ८७ देशमा गरेको एन्ड्रोइड डाटा अध्ययनका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो । अध्ययनअनुसार विश्वका १ सय ९ देशमा ह्वाट्सएपका प्रयोगकर्ता सर्वा्धिक छन् । तीमध्ये पनि भारत, ब्राजिल, मेक्सिको, बेलायत तथा रूसमा यसका प्रयोगकर्ता बढी छन् । दक्षिण अमेरिका, युरोप, अफ्रिका एवं एसियाका धेरै देशका मानिस ह्वाट्सएप चलाउँछन् । अध्ययनअनुसार इराक, लिबिया, श्रीलंका, बेलारुस, युक्रेन आदि देशका धेरै मानिसले भाइबर चलाउँछन् । अस्ट्रेलिया, क्यानाडा र अमेरिकालगायतका ४९ देशमा फेसबुक म्यासेन्जर एप लोकप्रिय छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]