June 2nd, 2016

डिम्याट शेयर के हो ? कसरी लिने फाइदा ?

dmatडिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले शेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक शेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी(डिपोजिटरी पार्टिसिपेन्ट्स) मा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता शेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले आफुले डिम्याट खाता खोलेको डिपि अथवा इन्टरनेट मार्फत प्राप्त गर्न सक्छन् । गत माघको १ गतेबाट नै सीडिएसले पूर्ण रुपमा डिम्याट प्रणालीलाई लागु गरेको छ । यद्यपी लगानीकर्ताहरुमा यस सम्बन्धी यथेष्ट ज्ञानको अभाव र सुचना एवं जानकारीको कमिका कारण सबै लगानीकर्ताहरु यसको दायरमा पुर्णरुपमा आउन सकेका छैनन् । अहिले देशभर ४८ वटा निक्षेप सदस्यहरुले लगानीकर्तालाई डिपी सेवा प्रदान गर्दै आएका छन् । सिडिएसका अनुसार हालसम्म २ लाख ३ हजार ३ सय ३० वटा डिम्याट खाता खोलिएका छन् भने ४७ करोड ५ लाख ९ हजारभन्दा बढि कित्ता शेयरहरु डिम्याट भईसकेका छन् । सीडीएससीले १४ कम्पनीको डिम्याट शेयर कारोबार अनिवार्य गरिसकेको छ । यी शेयरको कारोबार गर्नुअघि अनिवार्य रूपमा शेयरको डिम्याट गरिएको हुनुपर्ने व्यवस्था छ ।

शेयर डिम्याट गर्दा के फाईदा हुन्छ ?
शेयर डिम्याट गर्दा नक्कली कारोबार तथा अवैध कारोबारहरुका कमी आउँछ छ । त्यस्तै, डिम्याट प्रणाली लागू भएपछि शेयर प्रमाणपत्र हराउने र च्यातिने जस्ता कार्यहरु नहुने हुँदा पनि लगानीकर्ताहरुमा यस्ता जोखिमहरु हट्छन् । डिम्याट प्रणाली नहुँदा कारोबार राफसाफ समयमा हुने समस्या हुन्छ । जसकारण खरिद गरिएका शेयरका प्रमाणपत्र समयमा खरिदकर्ताको हातमा नआइपुग्ने समस्या लगानीकर्ताले भोग्नुपर्छ । डिम्याठ्ट प्रणालीमा भने यो झन्झट रहँदैन । यतिमात्र होईन, कम्पनीले जारी गर्ने बोनस सेयरहरु सिधै लगानीकर्ताको खातामा जम्मा हुने गर्छ ।

कसरी खोल्ने डिम्याट खाता ?
लगानीकर्ताले डिम्याट खाता खोल्न सर्वप्रथम डिपिमा गएर डिम्याट खाता खोल्ने फारम भर्नु पर्छ । लगानीकर्ताले फारममा आफ्नो सबै बिस्तृत बिवरण भरेर नागरिकता प्रमाणपत्रको प्रतिलिपी र एउटा फोटो फारमसँगै बुझाउनु पर्छ । हरेक डिपिले खाता खोले बापत १ सय ५० रुपैयाँ शुल्क लिने गर्दछन् । यो एकपटक तिर्ने शुल्क मात्र हो । कुनै पनि डिपिमा डिम्याट खाता खोलेपछि आफ्नो सम्पूर्ण कागजी शेयरहरुलाई सोहि डिपिमा गएर डिम्याट गर्न सकिन्छ ।

खाता खोलेपछि डिपिले डिम्याट खातावालालाई चेकबुक जस्तै अर्डर स्लिप प्रदान गर्दछ । लगानीकर्ताले आफ्नो खातामा भएको शेयरहरु बेच्न चाहेमा सोहि स्लिपबाट बेच्न खोजेको कम्पनीको नाम र कित्ता खुलाएर चेक खिचेर ब्रोकरलाई दिनु पर्दछ । जसअनुसार ब्रोकरलाई लगानीकर्ताले बिक्रि आदेश दिएको भन्ने बुझिन्छ ।

डिम्याट खाता खोल्न यी जुनसुकै बैंक, वित्त, मर्चेन्ट बैंक अथवा ब्रोकरहरुका मृुख्य कार्यलय र शाखा कार्यलयमा सम्र्पक राख्न सकिन्छ । डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ता एउटा फोटो, नागरिकताको प्रतिलिपि लिएर तोकिएका डीपीमा जानुपर्छ । हाल केही ब्रोकर कम्पनी र क्यापिटल लिमिटेडहरूले डीपी सदस्यता लिएका छन् । डीपीकहाँ शेयर डिम्याट गर्न आग्रह गरिने फारम निःशुल्क पाइन्छ । तर, हितग्राही खाता खोल्न भने ५० रुपैयाँ तिर्नुपर्छ र खाता खोलेपछि वार्षिक शुल्क १ सय रुपैयाँ बुझाउनुपर्छ । खाता खोलेपछि मात्र यस्तो शुल्क बुझाउन सकिन्छ ।

हाल शेयर नै नभएका व्यक्तिले पनि खाता खोल्न सक्ने व्यवस्था छ । तर, आफूसँग शेयर भएमा भने डिम्याट रिक्वेष्ट फारममा भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन संकेत उल्लेख गर्नुपर्छ । आईएसआईएन संकेत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार पनि यो संकेत फरक हुन्छ । डीपीसँग सोधेमा पनि यस्तो संकेत पाउन सकिन्छ । आफ्नो खातामा फरकफरक कम्पनीको शेयर राख्नुपर्ने भएमा फरकफरक डिम्याट रिक्वेष्ट फारम भर्नुपर्छ । यसरी यो फारम भरेपछि त्यसमा उल्लेख गरिएका कम्पनीको प्रमाणपत्रसमेत डीपीलाई बुझाउनुपर्छ । ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित गरिएपछि उसको खातामा शेयर जम्मा हुन्छ । खाता खोलेको र वार्षिक शुल्कबाहेक यो प्रक्रियासम्म अन्य खर्च भने लाग्दैन ।   

लगानीकर्ताहरूले एकभन्दा बढी डीपीमार्फत पनि खाता खोल्न सक्छन् । यसरी अलग/अलग डीपीमार्फत खोलिएका खाताको एकअर्कासँग सम्बन्ध हुँदैन । ग्राहकको विवरण सबै एउटै रहने भए पनि खाता नम्बर भने अलगअलग नै हुनेछ । अलगअलग डीपीबाट खाता खोल्दा शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्ने हुन्छ ।  

ग्राहकको खातामा कति शेयर छ भन्ने जानकारी जुन डीपीमार्फत ग्राहकले खाता खोलेको हुन्छ, उसलाई थाहा हुन्छ, अर्काे डीपी सदस्यलाई भने हुँदैन । खाता खोल्नेबित्तिकै डीपीले ग्राहकलाई डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ । यो स्लिप चेकजस्तै हो । शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यसरी भरेको स्लिप हराएमा सीडीएस एण्ड क्लीयरिङ लिमिटेडमा तुरन्त जानकारी गराइहाल्नुपर्छ ।

अहिले कारोबारको क्रममा यस्तो डेलिभरी इन्ष्ट्रक्शन स्लिपको आवश्यकता पर्ने भए पनि पछि भने हुँदैन । सीडीएससीले ब्रोकरहरूलाई इण्टरफेस पनि दिएको छ । यस्तो इण्टरफेसमा ग्राहकले कति कित्ता शेयर बेच्ने हो, उल्लेख गरेपछि ब्रोकरले तोकिएको कम्पनीको तोकिएको संख्या भर्दछ । यदि ग्राहकले भनेजति शेयर खातामा छ भने विक्री प्रक्रिया अगाडि बढ्छ ।

ग्राहकले दिएको विक्री अर्डरको नम्बरसमेत राख्नुपर्ने र सीडीएससीले पनि यसको सुपरिवेक्षण गरिरहने भएकाले यसको दुरुपयोग हुँदैन । स्लिपबाट अर्डर दिँदा विक्रीकर्ताको खाताबाट शेयर विक्री गर्ने ब्रोकरको खातामा शेयर जान्छ र त्यहाँबाट सीडीएससीको खातामा जान्छ । यही शेयर किन्ने ब्रोकर हुँदै किन्ने लगानीकर्ताको खातामा पठाइन्छ । यो प्रक्रियामा शेयर किन्न र बेच्न एउटै ब्रोकरबाट गर्न सकिन्छ । यसरी शेयर बेच्दा पनि लगानीकर्ताले २५ रुपैयाँ र किन्दा पनि २५ रुपैयाँ तिर्नुपर्छ । तर, एकै दिन एउटै कम्पनीको शेयर कारोबार गर्दा भने हरेक कारोबारको अलगअलग शुल्क तिर्नुपर्दैन । एउटै कम्पनीको शेयर भए पनि किन्ने र बेच्ने दुवै गरिएको छ भने किन्दा र बेच्दा दुईपटक २५/२५ रुपैयाँ तिर्नुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]