June 1st, 2016

दुई विकास बैँक र एक फाइनान्स गाभिए, जेठ २८ देखि एकीकृत कारोबार

siddarthaसिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक र नेपाल आवास फाइनान्सको एकीकृत कारोबार आगामी जेठ २८ गतेदेखि सुरु हुने भएको छ । तीनकुने काठमाण्डौं स्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड, बुटवलमा केन्द्रीय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र भएको एकता विकास बैंक लि. तथा नेपाल आवास फाइनान्स कम्पनि लि. काठमाण्डौं एकआपसमा गाभिएर सिद्धार्थ डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने बैँकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि सिद्धार्थ डेभलपमेन्ट बैंक लि.को तर्फबाट नै रहने बताइएको छ । 

सिद्धार्थ डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकले पछिल्लो पटक ल्याएको पूँजीवृद्धि योजना पश्चात मर्जर सम्झौता गर्ने पहिलो बैंक हो । मर्जर पश्चात बैंकको चुक्ता पुँजी १ अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैँया हुनेछ । बैंकको कुल निक्षेप १० अर्ब ७ करोड रुपैँया, कर्जा ८ अर्ब ५५ करोड रुपैँया हुनेछ भने पूँजी कोष १२.८४ प्रतिशत र निश्क्रिय कर्जा ३.५३ प्रतिशत हुनेछ । मर्जर पश्चात बैंकको शाखा संख्या २९ हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]