June 1st, 2016

नेपालको उर्जामा लगानी गर्न चाहन्छन् विदेशी कम्पनिहरु : अघि सारे यस्ता सर्त

hydroविदेशी कम्पनिहरुले नेपालको उर्जा क्षेत्रमा लगानी विस्तार गर्न चासो देखाएका छन् । राजधानीमा जारी उर्जा लगानी सम्मेलनमा सहभागिता जनाउन आएका विदेशी कम्पनीहरुले जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । नेपाल जलविद्युत् उत्पादनको क्षेत्रमा ठूलो सम्भावना बोकेको देश हो । त्यसमाथि पनि सरकारले १० बर्षमा १० हजार मेगावाट बिजुली निकाल्ने योजना बनाएपछि यसप्रति विदेशी लगानीकर्ताको चासो बढिरहेको छ । 

यस्ता छन् सर्तहरु
लगानी गर्न विदेशी कम्पनीहरुले शान्ति सुरक्षा र राजनीतिक तहको अवरोध हट्नु पर्ने सर्त राखेका छन् । ती लगानीकर्ताले सरकारले स्थानीय तहमा पर्याप्त सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् । अवरोध हटे नेपालमा लगानी विस्तार गर्न सहज हुने विदेशी लगानीकर्ताका प्रतिनिधिहरुले बताएका छन् । नेपालको उर्जा विकासमा सहभागी हुन अमेरिकी जनता र कम्पनीहरु पनि इच्छुक देखिएका छन् । 

नेपालको उर्जा क्षेत्रमा लगानी विस्तार र चिनिया कम्पनीको बजार विस्तार गर्न चीनको ठूलो मध्यको एक चाइना साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले आगामी जनवरी महिनामा नेपालमा आफ्नो शाखा विस्तार गर्ने जनाएको छ । कम्पनीकी प्रोजेक्ट मेनेजर लिली झाङले नेपालको उर्जा क्षेत्रमा लगानीको बजार विस्तार र नेपालमा हाइड्रो टर्वाइन जेनेरेटर इक्वीप्मेन्टहरु सहज रुपमा उपलब्ध गराउने बताएकी छिन् । नेपाल विस्तारै लगानीका लागि उपयुक्त स्थान हुँदै गएकोले आफ्नो कम्पनीले लगानी विस्तार गर्न लागेको उनको भनाइ छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]