May 31st, 2016

सानिमा बैँकको हकप्रद जेठ २४ सम्ममा किनिसक्नुपर्ने

sanima-bankअब सानिमा बैँकको हकप्रद किन्न चाहनेले जेठ २४ गतेसम्ममा बुकिङ गरिसक्नुपर्ने भएको छ । सानिमा बैंकले हकप्रद निष्काशनका लागि शेयरधनी दर्ता बुक क्लोजको सूचना प्रकाशन गरेको छ । बैँकले जेठ २५ गतेदेखि बुक क्लोज हुने जनाएको छ । बैँकले ५० प्रतिशत हकप्रद जारी गर्दैछ । 

गैर आवासीय नेपालीहरुको लगानी रहेको सानिमाले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म गत बर्षको सोही अबधिसम्मको तुलनामा झण्डै ५९ प्रतिशतले खुद नाफा बढाएर ६७ करोड कमाएको छ भने प्रति शेयर आम्दानी २९ रुपैयाँ ५१ पैसा छ । सानिमाको निस्क्रिय कर्जा अनुपात ०.१२ प्रतिशत मात्र छ । सानिमाको प्रति शेयर प्रतिफल २२ छ भने मूल्य आम्दानी अनुपात २७.३२ गुणा छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]