May 30th, 2016

राष्ट्र बैँकले खिच्यो पौने ४ खर्ब तरलता

nrbआर्थिक वर्ष २०७२/७३ को नौ महिनासम्ममा नेपाल राष्ट्र बैंकले ४ खर्ब ७१ अर्ब ६४ करोड रुपैँया बराबरको तरलता प्रशोचन गरेको छ । पटक–पटक गरी निक्षेप बोलकबोलमार्फात २ खर्ब ९७ अर्ब ५० करोड रुपैँया, रिभर्स रिपोमार्फत्(टर्नओभरको आधारमा) १ खर्ब ६५ अर्ब ४ करोड रुपैँया तथा सोभैm बिक्री बोल–कबोलमार्फत् ९ अर्ब १० करोड रुपैँया तरलता प्रशोचन गरिएको हो । 

२०७२ चैत मसान्तमा निक्षेप संकलन बोल–कबोल बक्यौता रकम ९९ अर्ब १० करोड रुपैँया रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत् ९५ अर्ब रुपैँया तथा रिभर्स रिपोमार्पmत् २ खर्ब ७३ अर्ब ८० करोड रुपैँया तरलता प्रशोचन भएको थियो ।

आर्थिक वर्ष २०७२/७३ को नौ महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ३० करोड खुद खरिद गरी ३ खर्ब ४९ अर्ब ६६ करोड रुपैँया बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ५४ करोड रुपैँया खुद खरिद गरी २ खर्ब ४४ अर्ब ५२ करोड रुपैँया खुद तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ४८ करोड र यूरो ६ करोड बिक्री गरी २ खर्ब ६८ अर्ब ३९ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ६६ करोड रुपैँया बिक्री गरी २ खर्ब ६२ अर्ब ५५ करोड रुपैँया बराबरको भा.रु. खरिद भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]