May 29th, 2016

सरकारी आयोजनामा सर्वसाधारणको लगानी अब ४९ प्रतिशत

projectसरकारी आयोजनाहरुमा सर्वसाधारणले पनि शेयर लगानी गर्न पाउने भएका छन् । आर्थिक वर्ष २०७३/७४ को बजेटमा सर्वसाधारणलाई सरकारले निर्माण गर्ने आयोजनाहरुमा ४९ प्रतिशतसम्म शेयर दिने उल्लेख गरिएको हो । सरकारले आगामी आर्थिक बर्षबाट लागू हुने गरी ल्याएको ’घर घरमा बिजुली जन जनमा सेयर’ कार्यक्रम अन्तर्गत सर्वसाधारणको सहभागिता बढाउनका लागि सर्वसाधारणले पाउने शेयर बढाएको हो ।  

हाल सरकारी तथा निजी क्षेत्रले बनाएको आयोजनामा ३० प्रतिशतसम्म सेयर पाइन्छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित वासिन्दाले पाएपछि बाँकी २० प्रतिशतमा अन्य सर्वसाधारणले लगानी गर्न पाउँछन् ।
 
सरकारले ४९ प्रतिशत शेयर लगानी गर्न दिइने केही योजनाहरुको नामै किटान गरेको छ । जसअन्तर्गत तमोर, सुनकोशी, दूधकोशी, ठोसे खिम्ती शिवालय, नौमुरे, शारदा बबइ, नलसिं गाड, उत्तरगंगा लगायत छन् । सरकारले यि आयोजना निर्माण तथा विकास गर्नका लागि अर्को जलविद्युत कम्पनी स्थापनासमेत गर्ने भएको छ । अहिले जलविद्युत विकास कम्पनीले जलविद्युत् विकासका लागि काम गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]