May 29th, 2016

सिंहदरबारभित्र अब अत्याधुनिक ‘डेटा सेन्टर’

data centreसरकारी डेटाहरुको सुरक्षाका लागि उच्च प्रविधियुक्त डेटा सेन्टर खोलिने भएको छ । शनिबार आव ०७३/७४ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारभित्रै डेटा सेन्टर खोलिने बताए । डेटा सर्भर स्थापनाका लागि अर्थमन्त्रीले बजेट छुट्याएका छन् । त्यस्तै अर्थमन्त्रीले अहिले भएको राष्ट्रिय सुचना केन्द्रको पनि स्तरोन्नति गरी सेवालाई अझ चुस्त र प्रभावकारी बनाउने घोषणा गरेका छन् । 

त्यस्तै, सरकारले हेटौंडामा पनि सूचना केन्द्र स्थापनाको तयारी गरेको छ । सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र भन्दा ठूलो सूचना केन्द्र सञ्चालमा ल्याउने तयारी भइरहेको हो ।    
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]