May 26th, 2016

ब्रोकर रामचन्द्र भट्टराईको विश्लेषणमा : शेयर बजार सुधारका पाँच सुत्रहरु 

ramchandra bhattarai 1नेपालको आर्थिक वृद्धिदर १४ बर्ष यताकै सबैभन्दा न्यून विन्दुमा झर्ने विवरणहरुका माझ अर्थतन्त्रकै ऐनाको रुपमा रहेको शेयर बजार भने त्यसको ठिक विपरीत दिशामा छ । शेयर बजार परिसूचकले ऐतिहासिक १५०० विन्दु नाघिसकेको छ । त्यस्तै कारोबार रकममा पनि भारी वद्धि भइरहेको छ । यसबीचमा पुँजी बजारको भविष्यलाई लिएर बिभिन्न खाले अडकलबाजि पनि भईरहेका छन् । यसैै सन्र्दभमा लामो समयदेखि शेयर बजारमा आवद्ध भई शेयर बजारलाई नजिकबाट नियालीरहेका आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज प्रा.लिका कार्यकारी अधिकृत रामचन्द्र भट्टराईसँग शेयर बजारको वृद्धि, ब्रोकरहरुकोे भूमिका तथा शेयर बजारको भविष्यको बारेमा केन्द्रित रहेर बैंंकिङ खबर डटकमका लागि सहकर्मी शिवहरि घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ :

देशका आर्थिक सूचकहरु नकारात्मक भइरहँदा शेयर बजारमा देखिएको वृद्धिलाई कसरी लिनुभएकोे छ ?
शेयरमा लगानी गर्नु भनेको त्यसको तत्कालै प्रतिफल लिनको लागि होइन । त्यसबाट फाइदा लिनको लागि निश्चित समय लाग्छ । अहिलेकै स्थितिलाई हेर्ने हो भने शेयर बजारकोे भविष्य उज्जवल छ । त्यस्तै शेयरमा लगानी गरेर भविष्यमा राम्रो प्रतिफल लिएका उदाहरणहरु पनि हामीसँग नभएका होइनन् । त्यसैले तत्काल यसका सूचकहरु जस्तो भएता पनि भविष्यमा भने यसका सुूचकहरु सकारात्मक हुन्छन् । ठूल्ठूूला उत्पादनशील क्षेत्रमा लगानी हुन्छ । भूकम्पको क्षतिपछि झनै यसमा लगानी बढ्दै गएको छ । त्यसैले शेयर बजारको दिर्घकालीन प्रतिफल एकदमै राम्रो हुन्छ । अन्य क्षेत्रमा लगानीका क्षेत्रहरु छैैनन् । अहिले प्रायः लगानी शेयर र जग्गामा छ । हाम्रो देशको सन्र्दभमा अन्य सूचकहरु र शेयरका सूचकहरु भिन्न छन् । अन्य क्षेत्रलाई शेयर बजारसँग जोडेर हेर्दा अन्य क्षेत्रमा लगानीका क्षेत्रहरु छैनन् । अहिलेको परिवेशमा शेयर र जग्गाको लगानी बढी छ । सानो सानो छरिएको पुँजीलाई शेयर बजारले अहिले तान्ने काम गरेको छ । यसले गर्दा शेयर बजारमा लगानी बढेको हो । राष्ट्र बैंकको नीति, बिमा समितिको पुँजी वृद्धिको नीति र भविष्यमा कम्पनीले दिने प्रतिफल कस्तो छ, त्यसलाई हेरेर शेयर होल्डरले बैंकमा राखेको ब्याजभन्दा कम्पनीले दिने बोनस सेयर सेकेण्डरी मार्केटमा ल्याएर बेच्न सकिन्छ भन्ने कुरा लगानीकर्ताले सोचे । मार्केटमा अझै जम्न सकिन्छ र बेचिसकेपछिको प्रतिफल राम्रो हुन्छ भनेर मानिसहरुले शेयरमा लगानी गरेका हुन् । त्यसै अनुसारको प्रतिफल लिएको अवस्था पनि छ । उदाहरणका लागि २० रुपैयाँ कसैले नगद दियो भने एउटा सागको मुठा पनि आउँदैन । तर, कुनै कम्पनीको ५ सय रुपैयाँ मूल्य छ र त्यसमा २० प्रतिशत बोनस जोड्दा ४ सय रुपैयाँ भयो भने पनि उसलाई फाइदा पुग्ने भयो । त्यसैले बैंकमा डिपोजिट राख्नभन्दा शेयरमा लगानी गर्नतर्फ आकर्षण बढेको हो ।

शेयरप्र्रति यति धेरैको आर्कषण बढ्नुको कारण के हो ?
शेयरमा आर्कषण बढ्नुमा मिडियाकोे ठूलो भूमिका छ । शेयर बजारसम्बन्धि समाचारहरु लेख्ने यति धेरै मिडियाहरु र नयाँ प्रविधिले ल्याएको परिवर्तनले शेयर बजारलाई आर्कषणको केन्द्र बनाएकोे छ । त्यस्तै शेयर बजार प्रविधिले गर्दा यसको क्षेत्र बढेको छ । मानिसहरुमा आफूले लगानी गरेको क्षेत्र सुरक्षित भएको विश्वास भएकाले आर्कषण एकदमै बढ्दो छ र भविष्यमा पनि झनै बढ्ने देखिन्छ । त्यस्तै शेयरमा लगानी गरेपछि त्यसको प्रतिफल लिनको लागि धेरै समय कुर्नु नपर्ने हुँदा मानिसहरु शेयरप्रति आकर्षित छन् । त्यस्तै छरिएर रहेको पुँजीलाई तान्ने काम सेयर बजारले गरको छ । शेयर बजारको यो बृिद्धलाई अस्वभाविक मान्न सकिँदैन । नयाँ लगानिकर्ताको उत्साहजनक प्रवेशले बजार परिपक्व बन्दैछ ।

शेयर बजार बढेपछि शेयरका खेलाडिहरु त मालामाल भए नि ?
शेयर बजारमा अहिले त्यस्तो खेलाडि भनेर कोहि छैन जस्तो लाग्छ मलाई । दैनिक एक अर्बभन्दा बढीको कारोबार भइरहेको छ । नेपालीहरुको क्रयशक्ति कति ? शेयरमा लगानी गर्न सक्ने कति ? त्यसलाई पनि हेर्नुपर्ने हुन्छ । २०६० सालतिरको शेयर बजारलाई हेर्ने हो भने सेयरमा लगानी गर्ने एक/डेढसय हुन्थे । तर बर्तमान समयमा हेर्ने हो भने अनगिन्तीमानिसहरुले शेयरमालगानी गरेका छन् । र यसको भविष्यपनि राम्रो छ । हामीले बर्तमानलाई हेर्ने हो भने शेयर बजारमा आर्कषण बढ्दो छ । धेरैले शेयरमै लगानीगर्न थालेका छन् यसले पनि शेयर बजारकोे भविष्य उज्वल छ ।

नेप्सेले वाणिज्य बैंकहरुरुलाई पनि ब्रोकर लाइसेन्स दिने चर्चा चलिरहेको छ, अहिले बढीरहेको बजारकोे चापलाई ब्रोकहरुले थेग्न नसकेकै हो ?
यो विषयमा हामीलाई त्यति थाहा हुँदैन । सरकारलाई आवश्यकता महशूस भएर यस्तो नीति ल्याएको होला । यो विषयमा हामीले त्यति बोल्न पनि मिल्दैन । सरकारले जानेर गर्ने हो । यो विषयमा मुख्य हात धितोपत्र बोर्र्डकै हुन्छ । तर हाम्रो समस्याहरु के छन् भन्ने विषयमा त्यति चाँसो दिइन्न । हामी ब्रोकरहरु ०५० सालदेखि यसरी मार्केटमा बसेर काम गर्र्दै आएका छौँ । अहिले ५० वटै ब्रोकरले ब्रान्च चलाउनको लागि अनुमति दिएका थिए । तर उनीहरुलाई अनुमति नदिने र अरु नयाँ वाणिज्य बैंकहरुलाई स्थान दिँदा अलि अव्यवहारिक देखिन्छ । तर शेयर बजारको प्रक्रिया र अवस्था हेरेर दिने हो भने त्यति असर पर्दैन । यसका फाइदाहरु कस्तो हुन्छ भन्ने कुरा यसको मोेडलमा भर पर्छ । उदाहरणका लागि केहि समय अघि हामी इण्डिया घुम्न गएका थियौँ त्यहाँ सबै बैंकहरुले आफूले मात्र शेयर किन्दा रहेछन् । र त्यसमा सबैलाई काम गर्नको लागि छुट पनि छ । त्यहाँ ब्रोकरहरुले इन्स्योरेन्स एजेण्टको रुपमा पनि काम गरेका हुन्छन् । उनीहरुलाई त्यहाँको सरकारले काम गर्न सहज हुने गरी विभिन्न स्वीकृति र अनुमति दिएको हुन्छ । त्यसकारणले नेपालमा पनि नियमनकारी निकाय र सरकारको नीति राम्रो हुने हो भने शेयर बजार अझै फस्टाउन सक्छ ।

ramchandra bhattaraiतपाइको विचारमा सेयर बजार व्यवस्थित छ ?
नेपालको शेयर बजार अरु देशसँग तुलना गर्ने हो भने त्यति व्यवस्थित मानिँदैन तर नेपालको शेयर बजारलाई क्रमिक रुपमा हेर्ने भने सुधार हुँदै गएको छ । अनलाईन ट्रेडलाई अघि बढाउनुपर्यो । यसअघि देखिएका समस्याहरु समाधान हुँदै गएका छन् । नेप्सेले पनि पहिलाको भन्दा आफ्ना कामहरु धेरै सुधार गरिसकेको छ । धितोपत्र बोर्डले पनि शेयर बजारलाई व्यवस्थित गर्नको लागि चासो देखाएको छ ।

शेयर बजारलाई व्यवस्थित बनाउन के गर्नुपर्छ ?
शेयर बजार व्यवस्थित बनाउन गर्नुपर्ने कामहरु बुँदागत रुपैमा भन्न चाहन्छु । मुख्य गरी पाँच कामहरु गर्न सक्ने हो भने शेयर बजार व्यवस्थित हुन सक्छ । 
१. शेयर बजारमा सुभचिन्तकहरुको मागलाई ध्यानमा राखेर अनलाइन ट्रेडको विकास गर्नुपर्छ । 
२. पूरानो कानुनलाई थप परिमार्जन गर्नुपर्छ ।
३. नयाँ प्रविधि प्रयोगमा ल्याउन सक्नुपर्छ । 
४. ब्रोकरहरुलाई भ्यालीबाहिर पनि शाखा खोल्नका लागि अनुमति दिनुपर्छ । 
५. कम्पनीको सूचनाहरु सहि माध्यम र आधिकारीक तवरले बाहिर आउनुपर्छ । 
यति गर्ने हो भने नेपालको सेयर बजार व्यवस्थित हुन्छ ।

नेप्सेलाई निजीकरण गर्दा सेयर बजारमा कुनै प्रभाव पर्दैन ?
मेरो विचारमा यसलाई निजीकरण गर्दा राम्रै हुन्छ । यो विषयमा सरोेकारवाला व्यक्तिहरुले पनि अध्ययन अनुसन्धान गरिसकेकाले यसलाई नराम्रो भन्न मिल्दैन । यदि निजीकरण भयो भने काम कारवाही थप व्यवस्थित र प्रभावकारी हुन्छ भन्ने हाम्रो विश्वास हो । साथै सरकारले लगानीकर्ताकोे लागि लगानीकोे सुरक्षाको ग्यारेन्टी दिन सक्ने नीति बन्ने हो भने कारोबार गर्न सजिलो हुन्छ । ब्रोकरले गरेको लगानीलाई पनि प्रोत्साहन र ढुक्कसँग कारोबार गर्न सक्ने वातावरणको आवश्यकता छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]