May 25th, 2016

विदेशी मुद्रा सञ्चिती १० खर्ब नाघ्यो

foriegn currencyविदेशी मुद्राको सञ्चिती बढेको छ । चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म विदेशी मुद्रा सञ्चिती १० खर्ब ७ अर्ब ६१ करोड रुपैँया पुगेको छ । नेपाल राष्ट्र बैँकका अनुसार गत वर्षको असार मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिती ८ खर्ब २४ अर्ब ६ करोड रुपैँया मात्रै थियो । जसअनुसार, यस्तो सञ्भिती २२.३ प्रतिशतले बढेको छ । 

कुल विदेशी सञ्चितीमध्ये राष्ट्र बैँकसँग ८ खर्ब ६१ अर्ब ९० करोड रुपैँया रहेको छ । जुन ०७२ असार मसान्तको तुलनामा २२.६ प्रतिशतले बढी हो । त्यस्तै, राष्ट्र बैँक बाहेकका बैँक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ४५ अर्ब ७१ करोड रुपैँयामा सञ्चिती रहेको छ जुन ०७२ असार मसान्तको तुलनामा २०.४ प्रतिशत बढी हो । कुल विदेशी मुद्रा सञ्चितीमध्ये भारतीय मुद्रा सञ्चितीको अंश २२.५ प्रतिशत रहेको छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]