May 25th, 2016

एलआईसीका शेयरधनीलाई २५ प्रतिशत बोनस

licलाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनिकोे चौँधौँ साधारणसभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले गतआर्थिक बर्षकोे मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।  हाल कम्पनीको चुक्तापूँजी ८५ करोड ५५ लाख रुपैयाँ रहेकोमा बोनश वितरणपश्चात कम्पनीको चुक्ता पूँजीमा २२ करोड थपिएर एक अर्ब ७ करोड नाघ्ने छ । 

साधारणसभाले आ.ब. २०७१/०७२ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गरेको छ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट कुमार केशर विष्टलाइ संचालक समितिमा सर्वसम्मतिका साथ निर्वाचित समेत गरेको छ । 

इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २४ करोड ९० लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको छ । यसअवधिमा ५ अर्ब ३२ करोड ८१ लख ९९ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ५६ करोड ७९ लाख ६६ हजार रुपैंया बराबरको खुद बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जगेडा कोषमा ३४ करोड ७५ लाख ३६ हजार रुपैंया सञ्चित छ । २० अर्ब २४ करोड ८३ लाख ५० हजार रुपैंयाको जीवन बीमा कोष रहेको कम्पनीको महाविपत्ती जगेडामा ५ करोड ६० लाख ८७ हजार रुपैंया छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]