May 25th, 2016

‘१० लाख लगानी गर्ने बैंकलाई १ हजार केजी लोकल जीरा मसिनो चामल उपहार दिन चाहन्छु’ 

man bdr photoमान बहादुर तामाङ, प्रबन्ध निर्देशक, अर्गानिक भिगन एग्रिकल्चर प्रालि, नुवाकोट – नेपाल कृषि प्रधान देश हो । नेपाललाई विश्वकै धनी राष्ट्र बनाउन अर्गानिक कृषिबाट सम्भव छ । कृषि क्षेत्रमा धेरै अवसर र सम्भावनाहरु छन् । तर यस क्षेत्रमा लाग्नुपर्ने युवाहरु भने दिनप्रतिदिन विदेश पलायन भईरहेका छन् । यो ठूलो बिडम्बनाको कुरा हो । नेपाल सरकारले अब, कृषि नीति बनाउँदा नेपालका विभिन्न क्षेत्रमा पुगी अध्ययन अनुसन्धान गरेर मात्र कृषि नीति बनाउनु पर्छ । कृषि उत्पादन निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्न सकिएको छैन । नेपालमै बसेर कृषि व्यवसाय गर्न खोजेको युवाहरुलाई प्रोत्साहन गर्न सकिएको छैन । कृषि उत्पादन आयातको तुलनामा निर्यात दश गुणा कम छ । प्रतिवेदनहरुमा उत्पादन बढेको देखिए पनि वार्षिक ३६ अर्बको आयात भईरहेको छ । यस विषयमा सरकारले ध्यान दिएको छैन । बेरोजगार युवाहरुको लागि रोजगारी सृजना गर्न सकिएको छैन । त्यसैले, अर्गानिक एग्रो टुरिजमको अवधारणालाई व्यापक बनाएर बेरोजगारी युवाहरुलाई रोजगारी सृजना गर्न ध्यान दिनु पर्छ । अर्गानिक एग्रो टुरिजमलाई जोडेर रोजगारी सृजना गर्न सके मात्र बेरोजगारी युवाहरु विदेशिने क्रम रोक्न सकिन्छ । अहिलेसम्म युवाहरुलाई कृषिमा आकर्षण गर्न सकेको छैन । 
  
मैले नुवाकोट जिल्ला देउराली गा.वि.स. वडा नं.–१ पोलोचेतमा आफ्नै ४० रोपनी जग्गामा अर्गानिक खेती गरिरहेको छु । तर गाडी जाने बाटो पुगेको छैन । पुर्खाले नै कृषि पेशा अंङ्गालेकोले मैले पनि कृषि पेशालाई निरन्तरता दिईरहेको छु । कृषि पहिले पुृर्खाले गरे जस्तै होइन । कृषिमा आधुनिककरण गर्न र व्यवसायीकरण गर्न लागि परेको छु । आफ्नो उत्पादन अनि नेपालकै अर्गानिक कृषि उत्पादनलाई स्वदेशमात्र नभएर अन्र्तराष्ट्रिय बजारमा निर्यात गर्ने सोचका साथ अर्गानिक भिगन एग्रिकल्चर कम्पनिको स्थापना गरी संचालन गर्दै आएको छु । अर्गानिक कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि प्रशोधन प्याकेजिङ गर्न पैसा नपुगेको हुनाले विभिन्न बैंकहरुमा धाएँ र कुरा  गरेँ । तर सबै बैंकहरु मेरो कम्पनिमा १० लाख लगानी गर्न डराए । गाडी जाने बाटो नभएकोले र दुर्गम क्षेत्र भएकोले नै डराएको होला । मेरो मात्र यस्तो समस्या होइन, अरु कृषकहरुको पनि समस्या हो । बैंकले लगानी नगरे पनि मैले हिम्मत हारेको छैन । अभैm हिम्मतका साथ आफ्नो कामलाई निरन्तरता दिइरहेको छु । कृषि पेशामा नै सन्तुष्टि छु । मेरो कम्पनिलाई अगाडि बढाउनलाई लगानी धेरै चाहिएको छैन । १० लाख मात्र भए पुग्छ । अर्गानिक भिगन एग्रिकल्चर कम्पनिमा लगानी गर्ने बैंकलाई १ हजार केजी लोकल जिरा मसिनो चामल उपहार दिन चाहन्छु । हुन त कृषि विलगेट्सको कम्प्युटर सफ्टवयर जस्तो होइन । तर पनि मानविय हार्डवयर माथि शासन गर्ने सफ्टवयर कृषि नै हो । कृषि विकासको विस्तार र व्यवसायिक विकास गर्नका लागि दुर्गम क्षेत्रको जग्गा पनि काठमाडौंको जग्गा जतिको मुल्याङ्कन गरिनु पर्छ । अनि मात्र कृषि विकास र व्यवसायिक करणमा अगाडि बढ्न सकिन्छ । नत्र भने अबको २० वर्षसम्म पनि जस्ताको तस्तै हुन्छ नेपाल र यहाँको विकासको अवस्था । यसरी नेपाललाई विश्वको धनी राष्ट्र बनाउन सकिँदैन । 

अहिलेसम्मको नीति हेर्दा नयाँ व्यवसाय जन्माउने सोच बनेको देखिँदैन । धनीलाई झन् धनी र गरीबलाई झन् गरीब बनाउने नीति बनाइएको छ । विनोद चौधरीलाई लगानी गर्ने नीति जति पनि बनाइएको छ । तर नयाँ हजारौ विनोद चौधरी जन्माउने नीति बनाइएको छैन । यो बडो विडम्वनाको कुरा हो । जबसम्म दुर्गम क्षेत्रको जग्गा काठमाडौको जग्गा जस्तै मुल्याङ्कन हुँदैन, हरु विनोद चौधरीले जन्म लिन सक्दैनन्, सम्पर्ण नेपालीहरु धनी बन्न सक्दैनन् । नेपाल सरकार अर्थ मन्त्रालय, तथा नेपाल राष्ट्र बैंकले बनाएका नीतिअनुसार जोसँग सहरमा जग्गा छ, घर छ , सुन छ वा अकुत रुपमा सम्पत्ति छ भने मात्र व्यवसाय गर्न पाउँछन् । नत्र भने जति नै शीप, जाँगर, कला, ज्ञान अनि दुर्गम क्षेत्रमा सयौँ रोपनी जग्गा भएपनि विदेश जान बाध्य छन् । शैक्षिक प्रमाण–पत्र, ज्ञान, शिप, कला, जाँगर साथै दुर्गम क्षेत्रमा भएको जग्गाको कुनै मुल्याङ्कन छैन । शैक्षिक प्रमाण–पत्र धितोमा लगानी गर्ने र दुर्गम क्षेत्रको जग्गा धितोमा लगानी गर्ने भन्ने भाषण त सुनेको छु तर व्यवहारमा लागू भएको छैन । यो दुःखको कुरा हो ।                           
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]