September 20th, 2018

स्वदेशी लघुवित्तको सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बैंकिङ खबर । संविधान दिवसको अवसर पारी स्वदेशी लघुवित्तको सहयोगमा सुनसरीको सरस्वती सदन माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । विहान प्रभातफेरी कार्यक्रम आयोजना गरेको विद्यालयले दिउँसो ‘हाम्रो सविधानमा महिलाको अधिकार’ शीर्षकमा वक्तृत्वकलाको आयोजना गरेको थियो । प्रतियोगितामा २० जना विद्यार्थीले भाग लिएका थिए । 

८, ९ र १० कक्षाका विद्यार्थीले भाग लिएको प्रतियोगितामा अनुषा पौडेल, तोहिद हुसेन, प्रनिसा अधिकारी र अनु अधिकारीले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार हात पारे ।

कक्षा ११ का विद्यार्थीबीच पनि सोही शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा छात्रतर्फ प्रवीण अधिकारी र छात्रातर्फ दीक्षा चौधरी पुरस्कृत भएका थिए ।

विद्यालयका प्रधानाध्यापक वासुदेव कर्णको अध्यक्षता तथा स्वदेशी लघुवित्त वित्तीय संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]