September 20th, 2018

वोमी माइक्रोफाइनान्सको लघुवित्त कार्यक्रम प्रभावकारिता तथा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, भरतपुरले बिजय विकास श्रोत केन्द्र, गैडाकोट, नवलपुरमा दुई दिने लघुवित्त कार्यक्रम प्रभावकारिता तथा व्यवस्थापन तालिम सफलतापुर्वक सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रमबाट संस्थाका विभिन्न शाखा कार्यालयहरुमा कार्यरत २७ जना सहायकस्तरका कर्मचारीहरु लाभान्वित भएका छन् । तालिम कार्यक्रममा विभिन्न विभागिय प्रमुखहरु तथा अनुगमन अधिकृतहरुले लघुवित्त कार्यक्रमको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा प्रशिक्षण दिएका थिए ।

संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षतामा निखारता ल्याउन समय सापेक्ष विभिन्न विधाका तालिमहरु प्रदान गर्दै आइरहेको छ । तालिम कार्यक्रमको समापनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले देशका विभिन्न २६ जिल्लामा सञ्चालित ३४ वटै शाखा कार्यालयहरुका सम्पूर्ण कर्मचारीहरुलाई आवश्यक विभिन्न विधामा तालिम प्रदान गरी कर्मचारीहरु मार्फत सेवाको प्रभावकारीतामा विशेष जोड दिइने तथा लघुवित्त कार्यक्रमको पहुँचलाई अझ सशक्त बनाउन सदस्य मैत्री प्रोडक्टको खोजी गर्न मार्गदर्शन दिए ।

संस्थाको हाल सञ्चालित विभिन्न ३४ शाखाहरुबाट २६ हजार सदस्यमा उठाउन बाँकी लघु कर्जा रु १ अरब २९ करोड तथा वचत परिचालन रु ४७ करोड रहेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]