कृषि बीमा के हो ? किन र कसरी गर्ने ? (कृषकहरुका लागि अत्यावश्यक जानकारी)

September 19, 2018

बैंकिङ खबर । नेपाल सरकारले हरेक पञ्चबर्षिय योजना, त्रि–बर्षिय आवधिक योजना र राष्ट्रिय नितिहरुमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, उत्पादनलाई प्रतिस्पर्धी र व्यवसायिक बनाउने, कृषि जैविक विविधताको संरक्षण, सम्बद्र्धन एवम् सदुपयोग गरी आर्थिक उन्नति हासिल गर्ने उद्देश्य प्राथमिकताका साथ राखेको छ । कृषि पेशा सम्मानजनक हुन नसक्नु, युवा मैत्री आधुनिक कृषि प्रविधिको अभाव, आवश्यक कृषि र गैर–कृषि पूर्वाधारहरुको विकास नहुनु एवम् अन्य पेशा भन्दा कृषि पेशा जोखिम पूर्ण हुनुका कारणले लगानी आसातीत रुपमा भएको पाइदैन । सो सन्र्दभमा कृषि बीमाको भूमिका उल्लेख्य छ ।

कृषि बीमा 
कृषि बीमा निर्जिवन बीमा व्यवसाय हो र यो बीमित (बीमा गर्ने किसान) र बीमक (बीमा कम्पनी) बीच गरिएको करार हो । यसमा बीमकले बीमितको हानी नोक्सानी भएमा पूर्व निर्धारत शर्त (बीमा लेख) अनुसार निश्चित रकम तोकिएको समय भित्र क्षति–पूर्ति दिने कबुल गरेको हुन्छ । कृषि बीमा खेती गरिएका खाद्यान्न, तरकारी, फलफूल, नगदेवाली, औद्योगिक वाली, मत्स्य पालन, मौरी पालन, रेशम खेती, च्याउ खेती लगायत विभिन्न प्रकारका बालीहरु र घरपालुवा पशु तथा पन्छीहरुको जोखिम रक्षावरणको लागि गरिन्छ । अर्को शब्दमा कृिषमा हुने विभिन्न जोखिमहरुलाई एक पक्षबाट अर्को पक्षमा हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो ।

कृषि बालीको बीमा बाली÷वस्तु अनुसार दुई तरिकाले गरिन्छ । प्रथम, बाली उत्पादन लागतको आधारमा र दोस्रो, बालीको समानुपातिक उत्पादनको आधारमा । यसको बिमाङ्क कृषि विकास मन्त्रालयले स्थान बिशेषको लागत वा उत्पादनका आधारमा वा सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले झिकेको तथ्याङ्कको आधारमा हुनेछ । कृषि बीमा सेवा प्राप्त गर्नको लागि न्यूनतम क्षेत्रफल तराईको हकमा १ कठ्ठा, पहाडमा ०.५ रोपनी त्यसैगरि माछा पालनको लागि न्यूनतम २०० वर्ग मीटरको पोखरी र कम्तीमा ३ फिट गहिराई (तराई र पहाड दुवै), ट्राउट माछाको हकमा प्रविधिकको सिफारिस अनुसारको संरचना, पशुमा कम्तिमा एउटा र पंछीमा पाँच वटा अनिवार्य हुनुपर्दछ ।

सुरक्षण हुने बालीको क्षेत्रफल र लागत
बालीको लागतः बालीको बीमा गर्दा बाली लगाउँदादेखि बाली पाक्दासम्म लाग्ने लागत मूल्य कृषि विकास मन्त्रालय मार्फत उपलब्ध गराएको आधारभूत लागत विवरण वमोजिम हुनेछ ।
न्यूनतम क्षेत्रफलः प्रत्येक कृषकले सुरक्षण गर्न पाउने बालीको न्यूनतम क्षेत्रफल पहाडमा आठ आना (आधा रोपनी) र तराईमा एक कठ्ठा हुनु पर्नेछ । सो भन्दा कम क्षेत्रफलमा लगाईएको बालीका लागि बीमालेख जारी गरिने छैन ।

सुरक्षण हुने पशुपन्छी धनको अधिकतम बीमाङ्कको सिमा र उमेर 
अधिकतम बीमाङ्कः बैंक वा वित्तीय संस्थाबाट ऋण लिई खरीद गरेको, आफ्नै गोठमा हुर्केको वा आफ्नै लगानीबाट खरीद गरेको पशुपन्छीहरुको स्थानिय मूल्यको आधारमा बीमाङ्क रकम देहाय बमोजिम हुनेछ :

क) गाईभैंसी
गाई उन्नत स्थानीय
बाच्छी (१ वर्षसम्मको) ३० हजार रुपैयाँ, १० हजार रुपैयाँ 
बाच्छी (१ वर्षदेखि माथिको) ७५ हजार रुपैयाँ, २५ हजार रुपैयाँ 
दुधालु एक लाख ५० हजार रुपैयाँ, ५० हजार रुपैयाँ वा सोको वास्तविक मूल्य जून कम हुन्छ सोसम्म ।

भैंसी उन्नत स्थानीय
पाडी (१८ महिनासम्मको) ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ 
पाडी (१८ महिना माथिको) ६० हजार रुपैयाँ, ३० हजार रुपैयाँ 
दुधालु एक लाख २५ हजार रुपैयाँ, ७० हजार रुपैयाँ वा सोको वास्तविक मूल्य जून कम हुन्छ सोसम्म ।

ख) प्रजननको लागि पालिएको प्रति राँगो तथा साँढेको बढीमा ७० हजार रुपैयाँ वा सोको वास्तविक मूल्य जून कम हुन्छ सोसम्म ।

ग) ढुवानी वा जोत्नको लागि प्रति गोरु वा राँगोको ४० हजार रुपैयाँ वा सोको वास्तविक मूल्य जून कम हुन्छ सोसम्म ।

घ) नाक/चौरी
बाच्छी १२ हजार रुपैयाँ 
कोरेली २५ हजार रुपैयाँ
दुधालु ५०  हजार रुपैयाँ 
वयस्क याक ८० हजार रुपैयाँ वा सोको वास्तविक मूल्य जून कम हुन्छ सोसम्म ।

ङ) मासुको लागि पालिएका भेडा बाख्रा तथा बंगुरको आदिका पाठाहरुको उमेर अनुसार
स्थानीय बजार मूल्य वा बढीमा आठ हजार रुपैयाँ हुनेछ ।

च) पाठा पाठी उत्पादनका लागि पालिने माउको मूल्य बढीमा देहाय बमोजिम हुनेछ 
बाख्रा र भेडा १० हजार रुपैयाँ 
बंगुर १० हजार रुपैयाँ

छ) मासु, चल्ला तथा अण्डाको लागि पालिने हाँस वा कुखुराको मूल्य देहाय बमोजिम हुनेछ 
ब्रोइलर (आठ हप्ताको)(मासु उत्पादन गर्ने) चार सय रुपैयाँ
लेयर्स (अण्डा पार्ने) सात सय रुपैयाँ
ह्याचरी (चल्ला पार्ने) एक हजार दुई सय रुपैयाँ 
हाँस (अण्डा पार्ने) सात सय रुपैयाँ
हाँस (मासु उत्पादन गर्ने) छ सय रुपैयाँ

ज) उमेर पशुधनको बीमायोग्य उमेर (न्यूनतम र अधिकतम) देहाय बमोजिम हुनेछ ः
स्थानीय तथा उन्नत जातको गाई २ बर्ष (अथवा पहिलो वेत भएको) देखि १० वर्षसम्म
भैसी ३ बर्ष (अथवा पहिलो वेत भएको) देखि १२ वर्षसम्म
स्थानीय तथा उन्नत नश्लको बाच्छी–कोरेली वा पाडीको ६ महिनादेखि २ वर्षसम्म
प्रजननको लागि उन्नत नश्लको साँढे वा राँगाको ३ वर्षदेखि ७ वर्षसम्म
ढुवानी वा जोत्नको लागि गोरु वा राँगा ३ वर्षदेखि १२ वर्षसम्म
भेडा, बाख्रा र बंगुर ३ महिनादेखि बिक्रीका लागि तयार हुन्जेलसम्म ।

झ) माछा पालनको लागि न्यूनतम २०० वर्ग मिटरको पोखरी र कम्तिमा तीन (३) फिट पानीको गहिराई भएको पोखरी हुनु पर्दछ तर ट्राउट माछाको हकमा प्राविधिकको सिफारिस अनुसारको संरचना भएको हुनु पर्नेछ ।

ञ) बाली तथा पशुपन्छीको बीमाङ्कको हकमा प्रत्येक बर्ष तथ्याङ्क हेरी आवश्यक पुनरावलोकन गर्न सकिनेछ तथा निर्देशनमा समावेश नभएका बाली, पशुपन्छी तथा अन्यको बीमाङ्कको हकमा सम्बन्धित मन्त्रालय मार्फत उपलब्ध भएको तथ्याङ्कलाई आधार मानी निर्धारण गर्न सकिनेछ ।
पशुपन्छीको मूल्य, जात र पालिने क्षेत्र अनुसार फरक फरक हुन सक्नेछ ।
पशुपन्छीको मूल्याङ्कन गर्दा प्रस्तावित पशुपन्छीको उमेर, स्वास्थ्य स्थिति र उत्पादकत्वको आधारमा गर्नु पर्नेछ ।
तर यसरी निर्धारण गरिने मूल्य स्थानीय बजारमा चलेको मूल्य भन्दा बढी हुने छैन ।
बीमा गरिएको बाली तथा पशुपन्छीको बीमा अवधिभित्र क्षति भएमा क्षतिको मूल्याङ्कन सम्वन्धित बिशेषज्ञ÷प्राविधिकबाट गराउनु पर्नेछ ।

प्रीमियम रकम कति तिर्नुपर्छ ?
किसानले कूल बाली/वस्तु बीमाङ्क रकमको ५५ (माछाको हकमा २५ मात्र) प्रीमियम बीमा कम्पनीलाई बुझाउनु पर्दछ । नेपाल सरकारले सो प्रीमियम रकममा ७५५ अनुदान दिन्छ । यसरी किसानले कूल असी हजारको बाली÷ वस्तुमा बीमा गराउँदा रु. चार हजार प्रीमियम
शुल्क मध्ये एघार सय तीस रुपया मात्र (१३५ कर सहित) तिरे पुग्छ । र बीमा लेखले रक्षावरण गरेको कारणले क्षति भएमा क्षतिको किसानले क्षतिपूर्ति पाउने व्यवस्था छ ।

बीमाले क्षतिपूर्ति दिने अवस्था
बीमालेखले रक्षावरण गरेको जोखिमबाट बीमितको क्षति भएमा जस्तैः आगलागी, चट्याङ, भूकम्प, बाढी÷डुवान÷खडेरी, पहिरो÷भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हुने हानि÷नोक्सानी । माछाको हकमा वीषको कारणले पोखरीमा माछा मरेमा पनि ।

बीमाले क्षतिपूर्ति नदिने अवस्था
क्षतिपूर्ति नपाइने अवस्थाहरुमा कृषि बीमा गराएको सम्बन्धित धनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले वा जानाजान मनोरञ्जनको उद्देश्यबाट वा रिसिबीपूर्ण व्यवहारको कारणबाट क्षति भएमा, सरकारी निकाय वा अन्य मान्यता प्राप्त कानुनी निकायको आदेशमा कृषि बाली÷वस्तु लाई नष्ट गर्नुपर्ने भएमा, कृषि बाली÷वस्तु चोरी भएमा, बीमितले आप्mनो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा तर कानुन बमोजिम जग्गाको स्वामित्व स्वतः परिवर्तन हुने अवस्थामा यो प्रावधान लागू हुने छैन, युद्घ, अतिक्रमण, विदेशी सैन्य कारवाही (युद्ध घोषणा भएको होस् वा नहोस), गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट बीमितको कृषि बाली÷वस्तुक्षति भएमा, कृषि बाली÷वस्तुको सम्बन्धित धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुने छैन, माहामारी जन्य रोग कीराको प्रकोपबाट कृषि बाली÷वस्तुको क्षति भएमा । सो क्षतिपूर्तिको दायित्व सरकारको हुन्छ । 

शर्तहरु
१) बाली÷वस्तुमा कुनै रोग÷किरा वा दुवै लागेमा बीमितले तत्काल आफ्नै खर्चमा उचित रेखदेख गराउनु पर्नेछ ।
२) बीमकले चाहेको जुनसुकै समयमा सम्बन्धित कृषिजन्य बाली÷वस्तुको परीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई बालीको धनीले परीक्षण गर्न दिनु पर्नेछ ।
३) बीमितको क्षति÷हानी–नोक्सानी भएमा सोको ३ दिनभित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्पmत बीमकलाई दिनु पर्नेछ । त्यस्तो जानकारी प्राप्त भएको ४८ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति÷हानी–नोक्सानीको निरीक्षण निरीक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म बाली÷वस्तुको धनीले क्षति/हानी–नोक्सानीको स्थानलाई यथा अवस्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनीकरण गर्न चालिएको कदमलाई यस प्रावधानले कुनै बाधा पुर्याउने छैन ।
४) बीमितले (धनीले) लिखित सूचना दिई कुनै पनि समयमा यो बीमालेख रद्द गर्न सक्नेछ । यस्तो अवस्थामा बीमालेख कायम रहेको अवधिकोे छोटो अवधिको बीमाशुल्क रकम कट्टा गरी बाँकी बीमाशुल्क रकम बीमकले फिर्ता गर्नेछ ।
५) बीमकले ७ दिने लिखित सूचना दिई कुनै पनि समय यो बीमालेख रद्द गर्न सक्नेछ । यस्तो अवस्थामा पनि बीमकले बीमालेख रद्द भएको मितिले बाँकी अवधिको समानुपातिक दरको बीमाशुल्क बीमितलाई फिर्ता गर्नेछ ।
६) बीमालेख अन्तर्गत बीमितले बाली/वस्तुकोे क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाइने छैन । जस्तैः बीमितको गाई मर्यो भने नष्ट गर्दाको थप खर्च दाबी गर्न नपाइने ।
७) बीमालेखको अनुसूचीमा बीमा अवधि समाप्त हुने भनी उल्लेखित भएको मितिमा स्थानीय समय अनुसार रातको बा¥ह (१२) बजे पछि यस बीमालेखको अवधि समाप्त हुनेछ ।

दाबी सम्बन्धी प्रक्रिया
बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको कृषि जन्य बाली÷वस्तुकोे हानी भएमा सोको १५ दिन (कृषि बालीको हदमा) र ३ दिन (पशु र पंक्षीको हदमा) भित्र वा सो अवधिभित्र संम्भव नभएमा सोको कारणसहित संम्भव हुनासाथ बैंक वा सदस्य संस्था मार्पmत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछः सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन र सम्बन्धित गा.वि.स÷न. पा.÷वडा को नजिकका कम्तिमा दुई जना साँधरियाको सर्ज्िमन मुचुल्का ।

बिवाद उत्पन्न भएमा के गर्ने ?
१) बिमित र बिमक बीच कहिले काँही क्षतिको कारण एवं परिमाणबारे विवाद उत्पन्न हुन सक्छ । त्यस्तो अवस्थामा उत्पन्न भएमा बीमा नियमावली, २०४९ को नियम ३३ बमोजिम बीमा समितिमा उजुरी गर्न सकिनेछ ।
२) बीमा समिति एक नियमनकारी, अर्धन्यायिक निकाय पनि हो र यसलाई जिल्ला अदालत सरह न्यायिक निरुपणको अधिकार रहेको छ ।
३) यदि बीमा समितिले गरेको निर्णय चित्त नबुझेमा सम्बन्धित पक्षहरु पुनरावेदन अदालत र सर्वोच्च अदालतमा जान सक्दछन् ।
४) मुद्दा फैसलाको अतिरिक्त विवाद गर्नेे पक्षहरु बीच बीमा समितिले मध्यस्थता गरेर पनि समस्या समाधान गर्न सक्दछ ।

क्षतिपूर्ति कति पाउने ?
१) बालीको हकमा बीमा लेखले रक्षावरण गरेको कारणले पूर्ण क्षति भएमा बीमितले क्षतिको ९०५ रकम पाउछ ।
२) पशुको हकमा पूर्ण क्षति भएमा ९०५ र अर्ध क्षति (थुनेलो र बाँझोपन) भएमा ५०५ क्षतिपूर्ति पाउने व्यवस्था छ ।
३) माछाको हकमा जुन अवस्थामा क्षति हुन्छ त्यही अवस्थाको उत्पादनको आधारमा ९०५ क्षतिपूर्ति ।

निष्कर्ष
कृषि पेशाबाट किसानले भोगिरहेको जोखिम कम गर्ने र किसानले ढुक्क भएर खेती गर्ने वातावरण कृषि बीमाको माध्यमबाट मात्र हुन सक्दछ । कृषिमा भनिदै आएको व्यवसायीकरण यसको माध्यमबाट सरल हुन्छ । किसानहरुले भोग्दै आइरहेको समस्यालाई सम्बोधन गर्न र कृषिमा लगानीको वातावरण सुरक्षित गर्नमा पनि यसले पक्कै टेवा पर्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *