September 17th, 2018

सामान्य अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

बैंकिङ खबर । सोमबार सेयर बजार ०.१३ अंकले घटेर १२५६.४० अंकमा कायम भएको छ । व्यापार निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह बढे पनि बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य समूह घटेका छन् ।

दिनभरिमा १६७ वटा कम्पनीको २४ लाख २५ हजार तीन सय तीन कित्ता सेयर छ हजार नौ सय ४१ पटक खरिदविक्री हुँदा ६८ करोड ७६ लाख ८८ हजार छ सय ५३ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक प्रोमोटरको सवा नौ करोड, एनएमबि बैंकको छ करोड तथा प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक, जनता बैंक र एनआईसी एशिया बैंकको दुई करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंक, नेपाल इन्स्योरेन्स, मेगा बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

भार्गव विकास बैंक, प्रिमियर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.४२, ५.७८ र ५.१४ प्रतिशतका दरले कमाएका छन् । साल्ट ट्रेडिङ, तिनाउ विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, बोटलर्स नेपाल, नागबेली लघुवित्त, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीले ४.२९ प्रतिशतका दरले गुमाएका छन् । युनाइटेड मोदी हाइड्रो, मिर्मिरे लघुवित्त, कन्काई विकास बैंक, स्वदेशी लघुवित्त, रिडी हाइड्रो, नेशनल हाइड्रो, सप्तकोसी डेभलपमेन्ट बैंक, एनबि बैंक, सपोर्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]