September 17th, 2018

एनआईसी एशिया रेमिटबाट पैसा पठाउँदा हरेक चौथो कारोबार निःशूल्क

बैंकिङ खबर । “चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै” भन्ने नारासहित एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाड दशैँ तिहार, छठको शुभ उपलक्ष्यमा आदरणीय ग्राहकहरुलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ । रेमिट रकम ग्राहकहरुले एनआईसी एशिया बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् । 

यो सुविधा आगामी आश्विन, कात्तिक एवं मङ्सिर महिनासम्म लागू हुनेछ । योे समयमा ग्राहकहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ । यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एनआई सी रेमिट मार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

मुलुकभर २४६ शाखा कार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या १२ लाखको हाराहारीमा रहेका  छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]