September 16th, 2018

चौतारी लघुवित्तको एक दिने अभिमुखिकरण तालिम सम्पन्न, ४० नयाँ कर्मचारी लाभान्वित

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा नवप्रवेशी कर्मचारीहरुको लागि एक दिने अभिमुखिकरण तालिमको आयोजना गरेको छ । ४० जना नवप्रवेशी कर्मचारीहरुलाई वुटवलको वि.टि.आई तालिम हलमा अभिमुखिकरण तालिम दिइएको हो । 

कार्यक्रममा संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले स्वागत मन्तब्य दिँदै उज्जवल भविष्यको कामना गरे ।

कार्यक्रमको सभाध्यक्षता गरेका संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्थाको हालको अवस्था तथा भावी योजनाको बारेमा जानकारी गराए । उनले हाल ५४वटा शाखा सञ्चालनमा आइसकेको हँदा कर्मचारीहरुलाई सक्षम हुन तथा उत्कृष्ट कार्यसम्पादन गर्नको लागि निर्देशन तथा शुभकामना दिए ।

उद्घाटन शत्रका प्रमुख अतिथिको रुपमा रहेका संस्थाका सञ्चालक गोपाल प्रसाद वस्यालले चौतारी आजको अवस्थामा आउनुमा कर्मचारीहरुको अहम् भुमिका रहेको बताए । साथमा चौतारी लघुवित्त वित्तीय संस्थाले आफना ग्राहकरुलाई उत्कृष्ट सेवा दिनुपर्नेमा उनले जोड दिए ।

समापन समारोहलाई सम्बोधन गर्दे संञ्चालक समितिका सदस्य पुष्प ढकालले वित्तीय क्षेत्र अति संबेदनशिल क्षेत्र भएको र बजारमा वित्तीय क्षेत्रका बारेमा विभिन्न किसिमका टिकाटिप्पणी आउने गरेको हुँदा त्यस्ता किसिमका गतिबिधि हुन नदिन सचेत रही काम गर्नुपर्नेमा जोड दिए ।

वित्तीय संस्थाका विभागीय प्रमुखहरु ख्याम कान्त अर्याल, विमल खनाल, अम्मरनाथ सेढाई, कृष्ण वहादुर चौधरी, गिता राउत र सुवास गुप्ताले तालिमलाई सहजीकरण गरेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]