September 16th, 2018

दोहोरो अंकको वृद्धिसँगै १२५६.५३ अंकमा सेयर बजार, कारोबार अर्बनजिक

बैंकिङ खबर । आइतबार सेयर बजार ११.६९ अंकको वृद्धिसँगै १२५६.५३ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । दिनभरिमा १६६ वटा कम्पनीको ३० लाख ७० हजार दुई सय ३१ कित्ता सेयर आठ हजार नौ सय १६ पटक खरिदविक्री हुँदा ९१ करोड ५२ लाख ९२ हजार दुई सय चार रुपैयाँको कारोबार भएको छ । 

एनएमबि बैंकको सात करोड तथा नेपाल बैंक, कुमारी बैंक, एनसीसी बैंक र जनता बैंकको चार करोडमाथिको कारोबार भएको छ । एनआईसी एशिया बैंक, प्रभु बैंक र प्राइम बैंकको तीन करोड तथा सिभिल बैंक र ग्लोबल आईएमई बैंकको दुई करोडमाथिको कारोबार भएको छ ।

भार्गव विकास बैंक, नेरुडे लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक र युनाइटेड मोदी हाइड्रोका सेयरधनीले क्रमशः  ९.५२, ६.७२, ६.६४ र ५.४५ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, जनता बैंक, रिडी  हाइड्रो,  सप्तकोसी डेभलपमेन्ट बैंक, सिभिल बैंक, ज्योति विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

जम्मा ३५ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी र समिट माइक्रोफाइनान्सका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । स्वाबलम्बन लघुवित्त, नागबेली लघुवित्त, ग्लोबल आईएमई समुन्नत स्कीम, आईएमई जनरल इन्स्योरेन्स, खानीखोला हाइड्रो, दिव्यश्वरी हाइड्रो, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]