September 14th, 2018

पाँच दिनमा १५ अंकले बढ्यो सेयर बजार, कारोबारमा एनआईसी एशिया बैंक अगाडी

बैंकिङ खबर । यो साता पनि सेयर बजार बढेको छ । गत साता १२२९.७७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १२४४.८४ अंकमा आइपुगेको छ । साताको पहिलो दुई दिन घटेर पछिल्लो तीन दिन बढेको बजार समग्रमा १५.०७ अंकले बढेको हो । गत साता नेप्से परिसूचकले ४८.०८ अंकको वृद्धि हा सिल गरेको थियो । 

साताभरमा कुल १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयर २३ हजार छ सय ११ पटक खरिदविक्री हुँदा दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा २७ दशमलव १७ प्रतिशत कम हो । गत साता दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयर किनबेच भएको थियो ।

सबैभन्दा बढी एनआइसी एसिया बैंकको १७ करोड ४५ लाख ६० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी एनएमबी बैंकको १३ करोड ६५ लाख ५० हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ९ करोड २७ लाख १० हजार रुपैयाँ, कुमारी बैंकको ९ करोड १५ लाख ८० लाख रुपैयाँ र प्रभु बैंकको ८ करोड १५ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार भएको सेयर संख्याको आधारमा पनि एनआइसी एसिया बैंकको सेयर नै अगाडि रहेको छ । जसको चार लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एशिया बैंककै सेयर सबैभन्दा धेरै एक हजार एक सय १४ पटक खरिदविक्री भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]