fbpx
Sunday , September 23 2018

असोज ७ गतेदेखि बैंकिङ ट्रेनिङ हुँदै, बैंकिङ करिअर बनाउन सहयोगी हुने

September 14, 2018

बैंकिङ खबर । असोज ७ गतेदेखि बैंकिङ ट्रेनिङ हुने भएको छ । मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा पाँच दिने बैंकिङ ट्रेनिङ संचालन हुन लागेको हो । 

अधिकांश बैंकहरुले स्थानीय तहसम्म शाखा विस्तार गरिरहेका छन् । यसकारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । यसै तथ्यलाई ध्यानमा राखेर बैंकिङ करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको मिडिया इन्टरनेशनलले जनाएको छ । वित्तीय क्षेत्रबारे इच्छुक जुनसुकै व्यक्तिले पनि सहभागीता जनाउन सक्ने तालिममा वित्तीय क्षेत्रबारे अत्यावश्यक विषयहरुका बारेमा सम्बन्धित विषयका जानकार व्यक्तिहरुबाट जानकारी गराइनेछ । 

ट्रेनिङ प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजेसम्म संचालन हुनेछ । ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ५७०६४०२, तथा ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.