May 24th, 2016

अब युटीएलमा पनि जीएसएम मोबाइल सेवा 

utlदूरसञ्चार सेवाप्रदायक कम्पनी यूटीएलले जीएसएम मोबाइल सेवा सञ्चालन गर्ने भएको छ । केही साताअघि बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले यूटीएलको ‘रोलआउट प्लान’ स्वीकृत गर्दै जीएसएम मोबाइलसहितका सेवा सञ्चालनका लागि बाटो खोलिदिएको छ । जसअनुसार, कम्पनीले पहिलो १ वर्षको समयावधिभित्र ४२ जिल्लामा जीएसएम नेटवर्क विस्तार गरिसक्नेछ । त्यसैगरी दोस्रो वर्षमा थप १७ जिल्ला र तेस्रो वर्षमा मुलुकभर यस्तो नेटवर्क विस्तार गरिसक्नुपर्ने हुन्छ । 

अनुमतिपत्रका लागि सम्बन्धित कम्पनीले पूर्वाधार र सेवा विस्तारमा कहिलेसम्म कसरी गर्ने भन्ने विस्तृत कार्ययोजनासहित विवरण नै ‘रोल आउट प्लान’ हो । यसअघि यूटीएलले शुरूमा ‘रोलआउट प्लान’ बुझाउन गरेको ढिलाइ र प्राधिकरणबाट समयमै स्वीकृत हुन नसक्दा अनुमतिपत्र रोकिएको थियो । यद्यपि कम्पनीले ५ करोड १३ लाख ७६ हजार ४ सय २६ रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेकाले अभैm अनुमतिपत्र प्राप्त गर्न भने सकेको छैन । प्राधिकरणका अनुसार यूटीएलले हालसम्म फ्रिक्वेन्सी दस्तुर ३ करोड ७१ लाख १० हजार रुपैयाँ, रोयल्टी ९० लाख ४३ हजार ४ सय ४५ रुपैयाँ र गत चैत मसान्तसम्मको ग्रामीण दूरसञ्चार विकास कोषमा ५२ लाख २२ हजार ९ सय ८१ रुपैयाँ बुझाउन बाँकी छ ।

भारतीयहरूको मुख्य लगानी रहेको यूटीएलले नेपालमा सन् २००२ देखि टेलिफोन सेवा सञ्चालन गर्दै आएको छ । युनिफाइड लाइसेन्स पाएमा यूटीएल यस किसिमको लाइसेन्स पाउने नेपालकै दोस्रो टेलिकम कम्पनी हुनेछ । हालसम्म स्मार्ट टेलिकमले मात्र यस्तो अनुमतिपत्र प्राप्त गरेको छ । युनिफाइड लाइसेन्स प्राप्त गरेपछि सम्बन्धित कम्पनीले दूरसञ्चारसम्बन्धी सम्पूर्ण सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]