September 13th, 2018

सिटिजन्स बैंकद्वारा डोटीमा नगद वितरण कार्यक्रम

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र Good Neighbour  International को सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद”वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो ।

डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण (क्यास क्याम्प) कार्यक्रमको आयोजना गरी बैंकले ३६३३ परिवारलाई कूल पाँच करोड १७ लाख ७६ हजार आठ सय ३५ रुपैयाँ वितरण गरेको छ । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास लिइएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]