September 13th, 2018

माछापुच्छ्रे बैंकद्धारा स्मार्ट बचत खाताको ग्राहकलाई बीमा रकम भुक्तानी

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत रु. ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ । त्यातले ३ महिना अघि माछापुच्छ्रे बैंकको भक्तपुर शाखामा स्मार्ट बचत खाता खोलेकी थिइन् । रु. ५ हजार न्यूनतम मौज्दात राखी खोल्न मिल्ने स्मार्ट बचत खातामा ग्राहकहरुले रु. ५ लाख सम्मको दुर्घटना बीमा, रु. १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु. ५ हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु निःशुल्क पाउँदै आएका छन् । स्मार्ट बचत खाता खोलेकीत्यातले अस्पताल भर्ना खर्चको दाबी गरी उक्त रकम प्राप्त गरेकी हुन् । त्यातले आफ्नो उपचार खर्च बैंकबाट फिर्ता पाएकोमा विश्वास नै नलागेको बताइन् ।

माछापुच्छ्रे बैंकलेअब बचत खातामा प्रदान गर्दै आएको ब्याजदर वृद्घि गरि ७% पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको उत्कृष्ट ब्याजदर दिँदै आएको छ ।  

बैंकले स्मार्ट बचतखोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबिएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर सुविधा, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क सि–आश्वा सुविधा र निःशुल्क अन्तरशाखा कारोबार जस्ता स्मार्ट सुविधाहरु समेत प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा  प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]