September 12th, 2018

प्रदेश नं. २ मा आधा दर्जन शाखासँगै विविध कार्यक्रम लिएर पुग्यो ‘स्वदेशी लघुवित्त’ 

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था. लि द्वारा प्रदेश नं. २ मा अवस्थित सप्तरी जिल्लाको कल्याणपुरमा, सिराहा जिल्लाको भगवानपुर, विष्णुपुर, सुखीपुर र चौहर्वामा तथा पर्सा जिल्लाको डकेलामा गरी ६ वटा शाखा कार्यलयहरु विस्तार गरे सँगसँगै उक्त क्षेत्रहरुमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु सञ्चालन गरेएको छ ।

नयाँ विस्तार भएका शाखा कार्यलयहरुमा शाखाको कार्यक्षेत्र ब्यवस्थित गर्ने, स्थानीयहरुसँग समन्वय र सहकार्य गर्ने, सामाजिक जागरणका विषयहरुमा संलग्नता र नेतृत्व गर्ने, वित्तीय साक्षरता सम्बन्धी जनचेतना सञ्चार गर्ने उद्देश्यले सामाजिक कार्यक्रमहरु सञ्चालन भएको हो । 

मिति २०७५ साल भाद्र १५ गते देखि २२ गतेसम्म सन्चालनमा आएको सप्ताहव्यापी सामाजिक कार्यक्रमहरुमा सरसफाई कार्यक्रम, जनचेतनामुलक नाटक, विद्यालय स्तरमा महिनावारी सरसफाई, बाल विवाह, लक्ष्य निर्धारण, वित्तिय साक्षरता र फोेहोर व्यवस्थापन लगायत विषयहरुमा चेतनामुलक कार्यक्रमहरु सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमहरु सशस्त्र प्रहरी, सप्तरी युथ, जागृती नेपाल लगायतका संस्थाहरुसँगको समन्वयमा सुरु भएको थियो भने उक्त कार्यक्रमहरुमा प्रदेश सांसद, उद्योग वाणिज्य संघका प्रतिनिधी, नेपाल प्रहरीका प्रहरीहरु, बजार ब्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, महिला सञ्जालका अध्यक्ष लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

सिराहा जिल्लाको सुखीपुरमा सरसफाई कार्यक्रममा बोल्दै प्रदेश नं. २ का सांसद भन्छन्, “हाम्रो स्थानीय ठाउँमा स्वदेशी लघुवित्तको सहजीकरणमा भएको सरसफाई कार्यक्रमले हामीलाई अझै सरसफाई कार्यक्रमहरु गर्न प्रोत्साहन र हौसला मिलेको छ । र यो कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक सातामा एकपटक सरसफाई कार्यक्रम गर्न म आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वयको निमित्त तयार छु ।”

कार्यक्रमलाई नेतृत्व गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्था लि. तर्फबाट उपस्थित हुनुभएका सामाजिक विकास अधिकृत विकल काफ्लेको अनुसार स्वदेशी लघुवित्त सरसफाई, सामाजिक जागरण, वित्तिय साक्षरता, महिला सशक्तिकरणका कुराहरुमा निरन्तर लागिरहन तयार रहेको कुरा जानकारी गराउनु भयो ।

प्रत्येक कार्यक्रममा स्वदेशी लघुवित्तका कर्मचारी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु गरी करिब २०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रमहरुले स्थानीय क्षेत्रमा सरसफाई र जनचेतनाको नयाँ ढोका  खुलेको स्थानीय बासिन्दाहरुको दाबि छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]