fbpx

फिन्गो रुपान्तरण प्रक्रिया अन्तिम चरणमा

September 10, 2018

विजय पराजुली/बैकिङ खबर । एनजिओको रुपमा लघुवित्त कार्यक्रम संचालन गरीरहेको २४ वटा संस्थाको रुपान्तरण प्रक्रिया अन्तिम चरणमा चरणमा पुगेको छ । २०७५ असोज मसान्त भित्रमा  रुपान्तरण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य अनुसार प्रक्रिया अगाडी बढिरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । 

२०४९ सालदेखि नेपालमा गैर सरकारी संस्थाहरुले फिन्गोको रुपमा लघुवित्त कार्यक्रम संचालन गरीरहेका छन् । बङ्लादेशमा लघुवित्तको विकास गरेको संस्था ग्रामिण ट्रस्टका प्रमुख यूनुस खानले तत्कालिन समयमा नेपाल ग्रामिण विकास संस्थामा लघुवित्तको विकासको लागि सहयोग गरेपश्चात् नेपालले एनजीओकोे रुपमा लघुवित्तको विकासमा फड्को मारेको हो । नेपालमा लघुवित्तको औपचारी सुरुवात भने २०४९ साल चैतबाट निर्धन उत्थान संस्थामार्फत डा. हरीहरदेव पन्तले गरेका हुन् । 

पन्त आफैँ नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर हुँदा २०५० सालमा ५ वटै विकास क्षेत्रमा सरकारी तवरबाट ग्रामिण विकास बैंक सुरु गरेका थिए  । तत्कालिन समयमा ४ वटा संस्थाहरु नेपाल ग्रामीण विकास संस्थालाई सुरुमा २० हजार डलर, हाल खारेज भैसकेको संस्था अपुर्वा सिराह विकास समाजलाई २० हजार डलर, निर्धन संस्थालाई र स्वाबलम्बन विकास केन्द्रलाई ४०/४० हजार डलर सहयोग गरेका थिए । केहि समयपछि छिमेक, डिप्रोक्स लगायतका अन्य संस्था पनि थपिँदै गए ।

नेपालमा साना किसान कार्यक्रम भनेर २०३१ सालमा नै कृषि विकास बैंकले साना किसान परीयोजनाको रुपमा लघुवित्त कार्यक्रम संचालन गरेको भएपनि संस्थागत रुपमा लघुत्तित कार्यक्रम संचालन गर्ने पहिलो संस्था निर्धन संस्था हो । तत्कालिन समयमा वाफियामा घ बर्गको वित्तीय संथाको ब्यवस्था नभएको कारण २०५६ सालमा विकास बैंकको रुपमा लघुवित्त कार्यक्रम संचालन गर्न लाइसेन्स लिने पहिलो संस्था भने निर्धन उत्थान बन्यो । यसपछि छिमेक, डेप्रोक्स, स्वाबलम्बन लगायतले नेपाल राष्ट्र बैंकबाट लाईसेन्स लिएर वित्तिय संस्थामा रुपान्तरण भए भने केहिले फिन्गोको रुपमा कार्यक्रम अगाडी बढाउँदै लगे ।  

२०५४ सालमा अर्थ मन्त्रालयको निर्देशनमा फिन्गोलाई नेपाल राष्ट्र बैंकले लघुवित्त कार्यक्रम संचालन गर्न अनुमति दिएपछि यस्ता संस्थाहरुको संख्या पनि बृद्धि हुँदै गयो । २०६८ सालमा तत्कालिन गर्भनर तथा हालका अर्थमन्त्री डा.यूवराज खतिवडाले अब फिन्गोलाई पनि माइक्रोफाइनान्मा रुपान्तरण गर्नुपर्छ र वित्तीय अनुशासनको दायरामा ल्याउनुपर्छ भनेर संचालनमा रहेका २४ वटा फिन्गोहरुलाई रुपान्तरण गर्ने निणय गरे । उक्त निर्णयपश्चात् आवाश्यका कागजात पेश गरी कम्पनीमा दर्ता गरेर लाइसेन्स प्रक्रियामा सहभागी हुन नेपाल राष्ट्र बैंकबाट निर्देशन जारी गरीयो । २०६८ मा सुरु भएको रुपान्तरण प्रक्रिया बल्ल अन्तिम चरणमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

रुपान्तरण प्रक्रियामा किन ढिलाई ?
हालसम्ममा २४ वटा संस्थामध्ये सर्लाही जिल्लालाई कार्यक्षेत्र बनाएको ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाको मात्र रुपान्तरण प्रक्रिया सम्पन्न भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल बताउँछन् । २४ वटै संस्थाले आवाश्यक कागजात पेस गरीसकेको र प्रक्रिया अगाडी बढिसकेकोले निर्धारित समयमा नै रुपान्तरण प्रक्रिया सम्पन्न हुने उनले जानकारी दिए । 

रुपान्तरण प्रक्रिया सुरु भएपश्चात् संस्थाहरुको पोर्टफोलियो सम्पति तथा दायित्वको विषयमा केहि समस्या भएको तथा कम्पनी रजिस्टारको कार्यालयले एनजीओलाई कम्पनी दर्ता गर्न नमिल्ने बताएको थियो । कम्पनीमा दर्ता नभएसम्म प्रक्रिया अगाडी बढाउन नमिल्ने भएको कारण रुपान्तरण प्रक्रिया ढिला भएको लघुवित्त संघ नेपालका महासचिव तथा नेपाल ग्रामिण विकास संस्थाका अध्यक्ष सुधिर प्रसाद लोहनीले बताए । ‘अहिले सबै समस्या समाधान भइसकेकोले तोकिएको समय अर्थात् असार मसान्त भित्रमा नै रुपान्तरण प्रक्रिया सम्पन्न हुनेमा विश्वस्त छु,’उनले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.