September 9th, 2018

साफकपको प्रत्यक्ष प्रशारण डिसहोमको एक्शन स्पोर्ट्स एचडिमा

बैंकिङ खबर । नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्से नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भईरहेको साफ सुजुकीकप २०१८ लाई पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ । 

एस साफ कपमा नेपालले आफ्नो प्रदर्शनलाई निखारेको छ । जित्नै पर्ने अवस्थामा रहेको नेपालले बंगलादेश बिरुद्दको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गदै उसकै घरेलु मैदानमा २-० को जित हात पारि सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण एशियाका ७ राष्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भई भाद्र ३० सम्म चल्ने छ। प्रतियोगिताका सबै खेलहरु उक्तएक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एच डि पिक्चर क्वालिटिमा हेर्न सकिने छ।

एचडिले देशभित्र र देशबाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आएको छ । भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले आफ्ना ग्राहकहरुको विश्वास र रुचि अनुसार भविष्यमा पनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्षप्रशारण गरिने उल्लेख गरेको छ । एचडि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाईमा परिरहेको पनि कम्पनीले जनाएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]