September 2nd, 2018

माछापूच्छ्रे बैंकले माग्यो १०१ जना कर्मचारी

बैंकिङ खबर । माछापूच्छ्रे बैंक लिमिटेडले १०१ जना कर्मचारी मागेको छ । 

बैंकले उपत्यकाभित्र तथा बाहिर गरेर ६ वटा शाखा कार्यालयहरुमा शाखा प्रमुख माग गरेको छ ।

सहायक स्तरको अधिकृत तहमा ७ जना रिलेसनसीप म्यानेजर माग गरिएको छ । यसका लागि स्नातकोत्तर गरि बाणिज्य बैंकहरुमा कम्तीमा पनि तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। अधिकतम ४० वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

सामान्य प्रसासनको लागि पनि तीन जना सहायक स्तरको अधिकृत आवश्यक परेको छ। दुई वर्ष कार्यानुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

म्यानेजमेन्ट ट्रेनीको लागि १५ जना कर्मचारीको माग भएको छ । स्नातकोत्तरमा कम्तीमा पनि ६० प्रतिशत अंक ल्याएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। यसको लागि कार्यानुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ । यस पदको लागि ३० वर्ष सम्मकाले आवेदन दिन पाउने छन् ।

सहायक स्तरका ७० जना माग गरिएको छ । बैंकले बिबिए तथा बिबिएस गरेकालाई ट्रेनीको अवसर प्रदान गर्ने भएको छ। स्नातक तहमा कम्तीमा पनि ५५ प्रतिशत तथा ३.२५ जिपिए हासिल गरेका विद्यार्थीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । 

आवेदन अनलाइनबाट दिनु पर्नेछ र बैंकको वेवसाइटमा गएर भदौ ३१ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]