August 26th, 2018

एनआईसी एशिया बैंकमा जागीर खुल्यो

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले १० जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानमा स्थापना गरिने क्षेत्रीय कार्यालयका लागि विभागीय प्रमुख माग गरेको छ । एसिस्टेन्ट मेनेजर तथा डेपुटी मेनेजर तहमा रहेर सरकारी संस्था, शैक्षिक संस्था, उत्पादनमूलक क्षेत्र, वित्तीय सेवा एवम् अन्य विषयगत विभागको प्रमुखका लागि दरखास्त आह्वान गरिएको हो । 

स्नातक उतीर्ण गरेको र सम्बन्धित क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । स्नातकोत्तर उतीर्ण आवेदकलाई प्राथमिकता दिइने छ । आवेदकको उमेर २५ र ५० वर्षको बीचमा हुनुपर्नेछ । आवेदन दिने म्याद ५ सेप्टेम्बरसम्म रहेको छ । आवेदन अनलाइनबाट दिनुपर्नेछ । अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nicasiabank.com/careers/form/14376


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]