August 21st, 2018

विदेशी पुँजी परिचालनका लागि वैकल्पिक लगानी कोष नियमावली तयार 

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीसहित विदेशी लगानी ल्याउन बाटो खुला गर्ने तयारी गरेको छ । प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल जस्ता वित्तीय औजारमार्फत् यस्तो लगानी परिचालन गर्न बोर्डले वैकल्पिक लगानी कोष नियमावली तयार पारी कार्यान्वयनका लागि सरोकारवालासँग छलफल समेत गरेको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी भित्राउन  वित्तीय औजार प्रयोगमा ल्याउने व्यवस्था गरेपछि बोर्डले यसलाई कार्यन्वयनका लागि नियमावली बनाएको हो । उक्त नियमावली कार्यान्वयनमा आएसँगै नेपालको वित्तीय बजारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]