August 20th, 2018

एनआईसी एशिया बैंक र प्राइम लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

मुलुककै सबैभन्दा ठूलो शाखा संजाल भएको एनआईसी एशिया बैंकले २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १८२अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५४अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]